कस्ता बच्चालाई दादुरा लाग्न सक्छ ?

यसरी गर्नुहोस् रोकथाम तथा उपचार


कस्ता बच्चालाई दादुरा लाग्न सक्छ ?

नेपालगन्ज २५ पुष : दादुरा एउटा संक्रामक रोग हो जुन मिजल्स भाईरसबाट हुने गर्दछ । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता शक्तिले शिशुहरुलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँदछ ।

दादुरा भाईरसले शरीरको बाहिरी छाला र भित्री पत्रहरुमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ । दादुराका जीवाणु (भाइरस)ले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति गर्छ । यसले गर्दा बच्चामा अरु संक्रामक रोगहरु हुने सम्भावना पनि बढाइ दिन्छ ।

दादुराका खतराका चिन्ह वा लक्षणहरू के–के हुन् ?
-उच्च ज्वरो आउनु
-नाकबाट सिंगान बग्नु
-आँखा रातो हुनु र आँखाबाट पानी बग्नु
-खोकी लाग्नु
-शरीरमा राता बिमिराहरु निस्कनु

यो रोग लागेमा बच्चाहरुमा कानको संक्रमण, आँखाको दृष्टि कमजोर हुने, निमोनिया, इन्सेफलाइटिस (मस्तिष्कको संक्रमण), साथै पखाला, कुपोषण भई मृत्यु समेत हुने सम्भवना हुन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

दादुराका चिन्ह वा लक्षणहरु देखिएमा बच्चाहरुलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ ।

कस्ता बच्चाहरूलाई दादुरा लाग्न सक्दछ ?

-कम तौल भएका
-कुपोषण भएका
-खोप नपाएका
-व्यक्तिगत तथा सरसफाइ कमि भएका
-भिटामिन ए को कमि भएका

रोग फैलाउनमा दूषित वातावरण, कुपोषण तथा घना बस्तीले पनि सहायक भूमिका खेल्दछ ।

दादुराको रोकथाम तथा उपचार कसरी गर्ने ?

-हाछ्यूँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने।

-व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने जस्तै हाछ्यूँ गरेपछि साबुन पानीले मिचिमिची हात धुने ।

-बच्चालाई भिडभाड भएका सार्वजनिक ठाउँहरूमा नलैजाने र नपठाउने। सकेसम्म घरभित्रै राख्ने ।

-बस्ने कोठामा हावाको आवत जावत हुने र घाम आउने गरि खुल्ला राख्ने ।

-बच्चाको वरिपरी धुम्रपान नगर्ने र अरुलाई पनि गर्न नदिने ।

-राष्ट्रिय खोप तालिका अनुसार दादुरा विरुद्ध बच्चालाई ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउने ।

-रोग लागेको अवस्थामा साविकको भन्दा बढी पोषिलो खाना खुवाउने र दादुरा लाग्दा प्रतिरक्षा प्रणाली बढाउन भिटामिन ’ए’ क्याप्सुल स्वास्थ्यकर्मीको सल्लाह अनुसार खुवाउने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र

थप समाचार

पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित