प्रदेश स्तरीय महोत्सवमा राष्ट्रिय र अन्तरर्राष्ट्रिय कलाकारको प्रस्तुती


प्रदेश स्तरीय महोत्सवमा राष्ट्रिय र अन्तरर्राष्ट्रिय कलाकारको प्रस्तुती

नेपालगन्ज ७ माघ : नेपालगन्जमा हुने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन् । १५ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएकोछ ।

नेपालगन्जमा यही माघ १० गतेदेखि २४ गतेसम्म आयोजना हुने ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ मा राष्ट्रिय, अन्तरर्राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कडेँलले जानकारी दिए ।

संयोजक कडेँलले दिएको जानकारी अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन, गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे, गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्तीश्री, मेलिना राई, बिन्दु परियार, गायक एमटी महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे÷पुतली, बल्छी÷राजु माष्टर लगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रहनेछ भने स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने हायोजकले जनाएकोछ ।

यस्तै अन्तरर्राष्ट्रिय कलाकारमा व्यापक चर्चा कमाएका भोजपुरी गायक खेसारीलाल र मोडेल डान्सर प्रिती पासवानको आउने भएकाछन् । महोत्सवको होस्ट विजय पुन, दिप मगर र प्रेरणाले गर्ने प्रचारप्रसार समितिले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

महोत्सवमा मुख्य आर्कषकका रुपमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै उत्कृष्ट अन्तरर्राष्ट्रिय खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहनेछ । महोत्सवमा ३०० स्टल रहनेछ जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत बनाइनेछ ।

थप समाचार

प्रदेश स्तरीय महोत्सवको धमाधम स्टल बुकिङ्ग