File Photo
नेपालगन्ज ८ माघ : योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो ।
प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर–२ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निर्णय गर्ने आयोजकले बताएको छ ।
गत शनिबार बसेको क्लबको बैठकले प्रतियोगिता आयोजनाको तयारी अगाडी बढाउने निर्णय गरेको योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए ।
उनले भने,‘हामीले पहिलो संस्करण निकै उत्साहका साथ गरेको थियौं । कोभिडका कारण त्यसपछि दोस्रो संस्करण आयोजना गर्न सकिएको थिएन । अव अवस्था सहज भएपछि प्रतियोगिता गर्ने तयारी गरेका छौं । प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग र साथको अपेक्षा गरेका छौं ।’
योगिनी कप फुटबल प्रतियोगिता बाँकेमा आयोजना हुने स्तरीय प्रतियोगितामा पर्छ । बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका क्लबहरुले सहभागिता जनाउने आयोजकले बताएको छ ।
यसपटक प्रतियोगितामा करिब १५ क्लबको सहभागिता रहने क्लबका अध्यक्ष थापाले बताए ।
प्रतियोगितालाई व्यवस्थित तरिकाले अगाडी बढाउन योगिनी कप फुटबल प्रतियोगिता दोस्रो संस्करणको संयोजक र उप–संयोजक मनोनित गरिएको छ । प्रतियोगिताको संयोजकका रुपमा हरि बहादुर बुढाक्षेत्री र सह–संयोजकका रुपमा ईश्वरलाल खत्रीलाई क्लबको बैठकले मनोनित गरेको छ । यसैगरी आगामी बैठकले प्रतियोगिता आयोजनाको लागि विभिन्न उप–समिति बनाएर काम अगाडी बढाउने अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए ।
नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिताको पहिलो संस्करण २०७७ सालमा भएको थियो । पहिलो संस्करणको फाइनलमा चन्द्रज्योती युवा क्लबले आयोजक योगिनी–११ बी टिमलाई हराउँदै नगद ५१ हजार सहित उपाधि जितेको थियो ।
पहिलो संस्करणको सर्वोत्कृष्ट खेलाडी योगिनी युवा क्लबका याम बहादुर थापा,उदयीमान खेलाडी सुरज थापा क्षेत्री, उत्कृष्ट फरवार्ड याम बहादुर थापा, उत्कृष्ट मिड फिल्डर गोपाल थापा, उत्कृष्ट रक्षक राम ओली र उत्कृष्ट प्रशिक्षकको रुपमा विकास सिंह विक पुरस्कृत भएका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी