जनताले चुम्यो पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि


जनताले चुम्यो पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि

नेपालगन्ज ९ माघ : बाँकेको खजुरा गाउँपालिकामा सोमबार सम्पन्न पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता नमुना माविले चुमेकोछ । सोक्रममा लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसी ‘नमुना’ले खजुराको विकासमा हातेमालो गर्न आतुर रहेको बताएकी छन् ।

बाँकेको खजुरा गाउँपालिकामा सोमबार सम्पन्न पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मन्त्रि केसीले खजुराको विकासका लागी आफ्नो भुमिका सक्रिय हुने बताइन ।

खेलकुदमा कुनै धर्म, जात नहुने बताउँदै उनले आफ्नो स्वास्थ सगैं राष्ट्रलाई चिनाउने काम गर्ने भएकाले यसको विकास अपरिहार्य रहेको बताइन ।

खजुरामा आयोजना गरिएको मेयर रनिङ शिल्ड प्रतियोगिता बाट देशले नयाँ खेलाडी पाएको उनले उल्लेख गरिन । समापन समारोहमा उनले आफ्ले राजनिति सुरु गरेको खजुरा भएकाले पनि आफ्नो जिम्मेवारी धेरै रहेकोले खजुराको समग्र विकास गर्नमा भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइन ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्री केसीले नयाँ खेलाडिका लागि गाउँपालिकाले थप कार्यक्रम सन्चालन गर्नुपर्नेमा समेत जोड दिइन । खजुरा खेलकुदको मात्र हव नभएको हर किसिमले अग्रपन्थीमा रहेकाले खजुराको विकास गर्न पालिका संग समन्वय सहकार्य गरेर अघि बढीने जनाइन ।

खजुराको समृद्धि र विकासको निमित्त हातमा हात काधमा काध थापेर सबै लाग्न पर्ने भएको बताइन । खजुरालाई आफुले प्रदेशकै नमुना पालिकाको रुपमा विकास भएको हेर्न चाहेको उनले बताइन ।

प्रतियोगिताको समापन कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जिल्लामै खजुरा खेलकुदमा अघि बढिरहेको बताए । अध्यक्ष विकले खेलकुदको लागि गाउँपालिकाले हरेक वर्ष पुरस्कार तथा बजेट बृद्धि गर्दै जाने उल्लेख गरे । खेलकुदबाट खजुरालाई देश विदेशमा चिनाउन सहज बनेको भन्दै गाउँपालिका अध्यक्ष विकले यसको विकासका लागि खेलकुद विकास समिति पनि पालिकामा गठन गरिसकेको उल्लेख गरे ।

तोकिएको पुरस्कार राशि भन्दा थप ५१ हजार प्रथम भएको जनता नमुना माविलाई प्रदान गर्ने अध्यक्ष विकले घोषणा समेत गरे । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले खजुराले खेलकुदको विकासमा फट्को मारेको बताए ।

प्रमुख जिल्ला अधिकारी खत्रीले आफु जिल्लामा रहन्जेल खजुराको हरेक विकासलाई नियालेको भन्दै थप प्रगतिको कामना गरे । खत्रीको खजुराले सोहि समारोहमा दोसल्ला ओढाई विदाई समेत गरेको थियो । समारोहमा विजयी खेलाडी तथा विद्यालयहरुलाई पुरस्कृत समेत गरिएको थियो ।