पर्यटन प्रर्बद्धनका लागि दोस्रो वेष्टर्न ट्राभल मार्ट


पर्यटन प्रर्बद्धनका लागि दोस्रो वेष्टर्न ट्राभल मार्ट

नेपालगन्ज १४ माघ : पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तब्यको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा प्रचार–प्रसार र प्रवद्र्धन गर्नका लागि हुन लागेको ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’को तयारी पुरा भएको छ ।

नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल ब्यवसायी संघ बाँके लगायत संघ संस्थाको सहकार्यमा उक्त मार्ट सञ्चालन गर्न लागिएको हो ।

यही माघ १५, १६ र १७ गते हुन लागेको मार्टको आवश्यक सबै तयारी पुरा भएको आयोजक पक्षले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मार्टले पर्यटन ब्यवसायीहरुको ब्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने विश्वास लिइएको संयोजक श्रीराम सिग्देलले बताए ।

उक्त मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाइ)बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीहरु करिव ३ सय जना महत्वपूर्ण ब्यक्तित्वको सहभागिता रहने उनले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन ब्यवसायीहरुको ठुलो भेला तथा सम्मेलन भई स्थानीय सँस्कृती, टुर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो,’ संयोजक सिग्देलले भने ।

वेष्टर्न ट्राभल मार्टमा सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन ब्यवसायी समेतको सहभागितामा पहिलो पटक कैलाश मानसरोवर दुरदर्शनका निम्ति हवाई कम्पनी बुद्ध एयरसँग सम्झौता पनि गरिसकेको आयोजकले जनाएको छ ।

‘यसले पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठुलो बजारका रुपमा स्थापित नेपालगन्ज मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुनेमा विश्वास लिएका छौं,’ सिग्देलले भने ‘त्यसका लागि पहिलो चरणमा भारतीय मुलधारका प्रमुख सञ्चार माध्यममा आवद्ध ९ जना भारतीय पत्रकारसहित ६६ जना ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाई)का प्रमुख पदाधिकारीहरु कैलाश मानसरोवर दर्शनका लागि निश्चित गरिसकेको अवस्था छ ।’

ट्राभल मार्ट आयोजनाले पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधीको प्रचार–प्रसार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइट नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

यसैगरी नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘महाआरती’ थालनी गरिने भएको छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले महत्वपूर्ण साझेदारी गरेको बताइएको छ । बागेश्वरीमा गरिने महाआरतीले निरन्तरता पाउने कुरामा विश्वास दिलाउँदै यसले नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा पूर्वाधार थपिने कुरामा ठुलो आशा पलाएको पर्यटन ब्यवसायी बताउँछन् ।

ट्राभल मार्टका सञ्चालनका क्रममा कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिने आयोजकले जनाएको छ ।

होटल एशोसिएसन अफ नेपाल(हान) बाँकेका अध्यक्ष दिवाकर खनालले भारतीय पर्यटन ब्यवसायीहरु मार्टमा सहभागी हुन आएपछि नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने र यसले यहाँको पर्यटन क्षेत्र फस्टाउने विश्वास गरे । ‘यस्ता कार्यक्रम गरेपछि स्वभाविक रुपले भारतीय पर्यटकको आगमन बढ्छ,’ उनले भने ।

पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले वेष्टर्न ट्राभल मार्ट सञ्चालन भएपछि पर्यटन सम्बन्धी गतिविधी बढ्ने बताए । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहले कैलाश मानसरोवर दूरदर्शनका लागि पहिलो पटक माउन्टेन फ्लाईट गर्न लागेको बताए । ‘हामीले वेष्टर्न ट्राभल मार्टकै शिलशिलामा कैलाश मानसरोवर दूरदर्शनका लागि माउन्टेन फ्लाईट गर्न लागेका छौं,’ उनले भने ।

थप समाचार

वेस्टर्न ट्राभल मार्टको तयारी तिव्र