नेपालगन्ज १९ माघः बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि हुन गईरहेको तेस्रो स्लो बाइक प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ ।
बास नेपालको आयोजनामा माघ २१ गते शनिबार नेपालगन्जको न्यूरोडमा प्रतियोगिताको आयोजना हुनेछ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुने बासले जनाएकोछ ।
पछिल्लो समय युवा पुस्ताहरु तीब्र गतिमा सवारी चलाउँदा दैनिक जसो दुर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दुर्घटना जतो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने कुराको सन्देश प्रवाह गर्ने प्रतियोगिताको उद्देश्य रहेको छ ।
प्रतियोगितामा जोकोहीले पनि सहभागिता जगाउन सक्नेछ भने प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिसँग सवारी चालक लाईसेन्स र सवारीको ब्लुबुक साथमा हुनुपर्ने र मोटरसाईकल कण्डीसनमा हुनुपर्नेछ । सवारी साधनको कन्डीसन र सवारी कागजात ट्राफिक प्रहरीले चेकजाँच गरेर मात्रै प्रतियोगितामा सहभागिता जनाउन सक्ने छ । प्रतियोगिता अवधिमा ट्राफिक ब्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालयको सहकार्य रहेको छ ।
प्रतियोगितामा निर्धारित एक सय मिटरको दुरी सबै भन्दा बढी समय लगाएर पुरा गर्ने प्रतियोगि विजयी घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने प्रतियोगिलाई क्रमशः नगद १० हजार, ५ हजार, ४ हजार र २ हजार सहित प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिताका लागि आयोजकले आवेदन खुल्ला गरेको छ ।
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै