तेस्रो स्लो बाइक प्रतियोगिताको उपाधि सुरेन्द्रले जिते


तेस्रो स्लो बाइक प्रतियोगिताको उपाधि सुरेन्द्रले जिते

नेपालगन्ज २१ माघ : नेपालगन्जमा सम्पन्न तेस्रो स्लो बाईक प्रतियोगिताको उपाधि नेपालगन्जका सुरेन्द्र बुढा क्षेत्रीले चुमेकाछन् ।

बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि बास नेपालको आयोजनामा भएको प्रतियोगितामा निर्धारित एक सय मिटरको दुरी ५ मिनेट १३ सेकेण्डमा पुरा गर्दै सुरेन्द्रले नगद १० हजारसहित प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा दोश्रो, तेस्रो र सान्त्वना क्रमशः अंकित जैसवाल ५ मिनेट ७ सेकेण्ड, प्रदीप यादब ४ मिनेट ५३ सेकेण्ड र शिव तमौलीले ४ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै उक्त स्थान हाँसिल गरेसंगै उनीहरुले क्रमश नगद ७ हजार, ४ हजार र २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।

यसअघि नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि विपिन आचार्यले सवारी दूर्घटना न्यूनीकरण गर्न हरेक ब्यक्तिको भूमिका अपरिहार्य रहेको बताएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले सवारी सुरक्षा र ट्राफिक नियमको पालना गरेमा दूर्घटना न्यूनिकरण हुने भन्दै सबैले ट्राफिक नियमको पालना गरि सवारीसाधन चलाउन अनुरोध गरे । उनले स्लो बाईक प्रतियोगिताले आम नागरिकहरुमा तीव्र गतिमा सवारीसाधन चलाउनु हुन्न भन्ने सचेतना फैलाउने भन्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।

यसैगरी कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपालगन्ज विटका प्रमुख ओमप्रसाद पौडेलले आम सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न अपील गरे । बासले गरेको सचेतनामुलक कार्यक्रमले तीब्र गतिमा सवारी चलाउने कार्यलाई निरुत्साहित गर्ने उनको भनाई थियो ।

उक्त कार्यक्रममा एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्जका प्रमुख माधव अर्यालले स्लो बाईक प्रतियोगिताले सवारी चालकलाई अनुशासित र नियमको पालना गर्न आवश्यक सचेतना प्रदान गर्ने विश्वास ब्यक्त गरे ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत मन्तब्य बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

बासका कार्यवाहक अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा भएको प्रतियोगिताको बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेका थिए ।

कार्यक्रममा एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्ज, पोखरा फाईनान्स लिमिटेड नेपालगन्ज, ग्लोबल आईएमई बैंक नेपालगन्ज, बजाज शोरुम कारकादो, जेनिस मेडिसेल्स नेपालगन्ज, होण्डा शोरुम नेपालगन्ज, न्यू होटल इन्द्रेणी न्यूरोड नेपालगन्ज र यमहा शोरुम नेपालगन्जको सहकार्य रहेको थियो । प्रतियोगिताको ब्यवस्थापन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेका थियो । प्रतियोगितामा ३७ जानाले सहभागिता जनाएका थिए ।