जानकी (बाँके) २१ माघ : जानकी गाउँपालिकामा सञ्चालित १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पाँचौ पालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता समापन भएको छ ।
जानकी गाउँपालिकास्थित मानपुरमा सञ्चालित उक्त प्रतियोगिता शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन भएको हो ।
उक्त प्रतियोगिताको प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरले उद्घाटन गरेका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा जित हाँसिल गर्ने खेलाडीलाई शनिबार नै पुरस्कार प्रदान गरिएको छ । उक्त प्रतियोगितामा ३ वटा निजी विद्यालय, ११ वटा मदरसा र २४ वटा सामुदायिक विद्यालय गरि ३८ वटा विद्यालयका ३ सय ६९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए