जानकीमा रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिता सम्पन्न


जानकीमा रनिङ शिल्ड तथा अध्यक्ष कप प्रतियोगिता सम्पन्न

जानकी (बाँके) २१ माघ : जानकी गाउँपालिकामा सञ्चालित १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पाँचौ पालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता समापन भएको छ ।

जानकी गाउँपालिकास्थित मानपुरमा सञ्चालित उक्त प्रतियोगिता शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त प्रतियोगिताको प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरले उद्घाटन गरेका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा जित हाँसिल गर्ने खेलाडीलाई शनिबार नै पुरस्कार प्रदान गरिएको छ । उक्त प्रतियोगितामा ३ वटा निजी विद्यालय, ११ वटा मदरसा र २४ वटा सामुदायिक विद्यालय गरि ३८ वटा विद्यालयका ३ सय ६९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।