नेपालगन्ज २२ माघ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१, सैनिकमा जारी स्वर्गीय श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमति स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन् ।
जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताको आईतबारको पहिलो खेलमा बागमति स्पोर्टस क्लबले एकतर्फी जीत निकालेको छ । बागमतिले जयकिसान स्पोर्टस क्लव (बी) लाई ५–१ गोलले पराजित गरेको छ ।
खेलको १५ मिनेटमा अल्बिनसिंह ठकुरीको गोलले जयकिसानले अग्रता लिएको थियो । गोल खाएको तीन मिनेटमै बागमतिले सुदी गुरुङको गोलबाट खेललाई बराबरीमा ल्याएको थियो । २६ मिनेटमा गुरुङकै गोलले बागमतिले अग्रता लियो । त्यसपछि बागमति अझ आक्रमक भएको थियो ।
३५+२ मिनेटमा जनप्रकाश बम, ५६ मिनेटमा सुदीनसिंह विक्रम र ६० मिनेटमा विशाल श्रेष्ठले गोल गरेका थिए ।
दोस्रो खेलमा खजुरा युनाइटेडले सन्तकुटी स्पोर्टस क्लवलाई १–० गोलले पराजित गरेको छ । ७०+२ मिनेटमा प्रशान्त कुँवरले गरेको गोल नै निर्णायक भएको थियो ।
माघ २९ गते गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।
सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवाक्लवका बीचमा हुनेछ ।
थप समाचार
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन