बागमति र खजुरा युनाइटेड विजयी


बागमति र खजुरा युनाइटेड विजयी

नेपालगन्ज २२ माघ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१, सैनिकमा जारी स्वर्गीय श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमति स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन् ।

जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिताको आईतबारको पहिलो खेलमा बागमति स्पोर्टस क्लबले एकतर्फी जीत निकालेको छ । बागमतिले जयकिसान स्पोर्टस क्लव (बी) लाई ५–१ गोलले पराजित गरेको छ ।

खेलको १५ मिनेटमा अल्बिनसिंह ठकुरीको गोलले जयकिसानले अग्रता लिएको थियो । गोल खाएको तीन मिनेटमै बागमतिले सुदी गुरुङको गोलबाट खेललाई बराबरीमा ल्याएको थियो । २६ मिनेटमा गुरुङकै गोलले बागमतिले अग्रता लियो । त्यसपछि बागमति अझ आक्रमक भएको थियो ।

३५+२ मिनेटमा जनप्रकाश बम, ५६ मिनेटमा सुदीनसिंह विक्रम र ६० मिनेटमा विशाल श्रेष्ठले गोल गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

दोस्रो खेलमा खजुरा युनाइटेडले सन्तकुटी स्पोर्टस क्लवलाई १–० गोलले पराजित गरेको छ । ७०+२ मिनेटमा प्रशान्त कुँवरले गरेको गोल नै निर्णायक भएको थियो ।

माघ २९ गते गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।

सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवाक्लवका बीचमा हुनेछ ।

थप समाचार

उद्घाटन खेलमा शान्ति स्पोर्टस क्लब विजयी