नेपालगन्ज २३ माघ : दोस्रो स्वर्गीय श्यामथापा स्मृति फुटबल प्रतियोगितामा सोमबार मोडेल क्लब र न्यु डाँफे क्लबले जित हाँसिल गरेका छन् । जितसँगै मोडेल क्लब र न्यु डाँफे क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
खजुरा गाउँपालिका वडा नम्बर– १ मैटहवा मावि सैनिकको खेलको मैदानमा मोडेलले एफसी–११ बर्दियालाई २–१ ले पराजित गरेको छ ।
मोडेलका लागि मनु थापाले दुबै गोल गरेका थिए । उनले १७औं मिनेट र २३ औं मिनेटमा गोल गरेका थिए । एफसी–११का लागि मोहन विकले ४०औं मिनेटमा गोल गरेका थिए । यसैगरी अर्को खेलमा न्यु डाँफे क्लबले रारा जनचेतना युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।
न्यु डाँफेका लागि सुदीप विकले २ गोल गरेका थिए । उनले खेलको ३६औं र ४६औं मिनेटमा गोल गरेका थिए । डाँफेका लागि मनिष थापा र सुनिल खड्काले १–१ गोल गरे । मनिषले ५८औं र सुनिलले ७०औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
यता रारा जनचेतनाका लागि ललित रानामगरले ३४ औं र अशोक सारु मगरले ५५औं मिनेटमा गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा एसएसएफए दाङ र सहारा क्लब इन्डिया बिच प्रतिस्पर्धा हुनेछ । यसैगरी समुह (ए) बाट सेमिफाइनलमा प्रवेशका लागि खजुरा युनाइटेड र शान्ति स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ । सोमबार मोडेल क्लबविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी