नेपालगन्ज २४ माघ : खजुरा युनाइटेड क्लबदोस्रो स्वर्गीय श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार खजुरा गाउँपालिका वडा नम्बर– १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ । खजुरा युनाइटेडका लागि निरज सुनारले १६औं मिनेट र सरोज क्षेत्रीले ३३औं मिनेटमा गोल गरेका थिए ।
यसैगरी मंगलबार भएको अर्को खेलमा सहारा क्लब इन्डियाले दाङको एसएसएफएलाई २–० ले पराजित ग¥यो ।
सहाराका लागि बल शाहले १६औं मिनेटमा गोल गरेका थिए भने अर्को खेल सहाराका हरि कठायतले ५५औं मिनेटमा गरे । प्रतियोगिता अन्तर्गत बुधबार हुने क्वाटरफाइनलमा मोडेल क्लब र आयोजक जय किसान स्पोर्टस क्लब(ए)बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । अर्को क्वाटरफाइनल खेलमा न्यु डाँफे र सहारा क्लब इन्डियाबिच दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुने आयोजक क्लबले बताएको छ ।
जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।
बुधबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लवकाबीचमा हुनेछ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी