नेपालगन्ज च्याम्प्स र होलिल्याण्ड विजयी


नेपालगन्ज च्याम्प्स र होलिल्याण्ड विजयी

नेपालगन्ज २४ माघ : नेपालगन्ज च्याम्प्स र होलिल्याण्ड स्कुलले मंगलबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छन् ।

मंगल प्रसाद उच्च माविको खेल मैदानमा नेपालगन्ज च्याम्प्सले बिरता क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । अर्को खेलमा होलिल्याण्डले बाल शिक्षालाई एक सय ४६ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको बिरताले १२.३ ओभरमा ६९ रन मात्र बनाउन सक्यो । टोलीका लागि लुकमान खानले १३ रन र सद्धाम खानले ११ रन बाहेक अन्यले गतिलो स्कोर जोडन सकेनन ।

नेपालगन्ज च्याम्प्सका लागि प्लेयर अफ द म्याच गोपाल जिसीले ४ विकेट, प्रतिक गिरीले ३ विकेट र सुबास आचार्यले २ विकेट लिएका थिए । जवाफमा च्याम्प्सले ६.३ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । च्याम्प्सका लागि फरदिन खानले अविजित ३९ रन, यासर्थ बैश्यले १२ रन र प्रविन गिरीले अविजित ११ रन बनाए । बिरताका लागि शेषराज शर्माले १ विकेट लिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी महिला तर्फको खेलमा टस हारेर ब्याटिङ गरेको होलिल्याण्डले २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ८९ रन बनाएको थियो । होलिल्याण्डका लागि प्लेयर अफ द म्याच जिज्ञासा थापाले अविजित ६१ रन, रञ्जु श्रेष्ठले ५२ रन र मनिषा रानाले अविजित २० रन बनाए । बाल शिक्षाका लागि सम्झना मगरले १ विकेट लिईन ।

जवाफमा बाल शिक्षाले १५.२ ओभर खेल्दैं १० विकेटको नोक्सानीमा ४६ रन मात्र बनाउन सक्यो । बाल शिक्षाका लागि कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । होलिल्याण्डका लागि दिक्षा पुरीले ३ विकेट, मनिषा राना र बिना थापाले २–२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत बुधबार पुरुषतर्फ फालकोन स्पोर्टस क्लब र नेपालगन्ज थन्डरबिच प्रतिस्पर्धा हुनेछ । महिलातर्फको खेलमा मंगल प्रसाद उच्च मावि स्कुल र बाल शिक्षाबिच हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए ।

बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।