नेपालगन्ज किड्स रेस : बुटवलका मनिक श्रेष्ठ प्रथम


नेपालगन्ज किड्स रेस : बुटवलका मनिक श्रेष्ठ प्रथम

नेपालगन्ज २६ माघः नेपालगन्ज किड्स रेसमा बुटवलका मनिक श्रेष्ठ प्रथम भएका छन् । ‘टुर डि ठाकुरद्वार’को पाँचौ संस्करण अन्तर्गत नेपालगन्ज साईक्लिङ क्लबले आयोजना गरेको किड्स रेसमा बुटवलबाट आएका मनिक प्रथम भएका हुन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१ वाटरपार्कमा भएको प्रतियोगितामा १.५ किलोमिटरको निर्धारित दूरी २ मिनेट १२ सेकेण्डमा पुरा गरेका थिए । ३० जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालगन्जका प्रत्युष जोशी प्रतियोगितामा दोस्रो भए । उनले २ मिनेट १८ सेकेण्डमा दूरी पार गरेका थिए । भने खजुराका दिव्यान्शु निरौला तेस्रो भए । उनले २ मिनेट २२ सेकेण्डमा दौड पुरा गरेका थिए ।

प्रतियोगितामा विजयी भएका खेलाडीलाई किर्तीमानी विश्व साईकल यात्री एवम् सगरमाथा आरोही पुष्कर शाह, वरिष्ठ प्रहरी उपरीक्षक सन्जिव शर्मा, पर्यटन डिभिजन कार्यालय कोहलपुरका शाखा अधिकृत टंक खनालले पुरस्कृत गरे ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ हजार ५ सय, दोस्रोले २ हजार र तेस्रोले १५ सय रुपैयाँ, प्रमाणपत्र र आर्कषक पुरस्कार प्राप्त गरेको आयोजक नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण इभेन्ट्सको रुपमा स्थापित हुँदै गएको ‘टुर डि ठाकुरद्वार’को पाँचौ संस्करण अन्तर्गत किड्स रेस आयोजना गरिएको अध्यक्ष निरौलाले बताए । जसले व्यवसायिक साईक्लिस्ट उत्पादनमा सहयोग गर्ने उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज साईक्लिङ क्लबको आयोजनामा भोली शुक्रबार ‘टुर डि ठाकुरद्वार’को पाँचौ संस्करण हुँदैछ । माघ २७ गते शुक्रबार विहान ७ बजे नेपालगन्जमा रहेको प्रसिद्ध धार्मिक शक्तीपिठ बागेश्वरी मन्दिरबाट औपचारिक कार्यक्रम पश्चात साईकल यात्राको प्रारम्भ हुनेछ ।

बागेश्वरी मन्दिरबाट सुरु भई त्रिभुवन चोक, विपी चोक, धम्बोजी चोक हुदैँ खजुरा, बर्दियाको बढैयाताल, बाँसगढीबाट सतखलुवा, बवई, भुरिगाँउ हुँदै ठाकुरद्वारासम्मको करिव एक सय किलो मिटरको यात्रा हुनेछ । यस कार्यक्रममा किर्तीमानी विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह तथा चर्चित वाईल्ड लाईफ फोटो ग्राफर चुङ्गवा शेर्पाको समेत सहभागिता रहनेछ ।

साथै टुर दि ठाकुरद्वारा ५औं सस्करणका अवसरमा ठाकुरवावा मन्दिर परिसरमा विभिन्न ५ प्रकारका विषेस विरुवाहरु रोपिने अध्यक्ष निरौलाले बताए । कार्यक्रम दुर डि ठाकुरद्वारामा सहभागी हुन नेपालका सातै प्रदेशबाट एक सय ४० र भारतका विभिन्न प्रान्तबाट २९ र स्थानीय एक सय ५ साईकलयात्री गरि २ सय ७४ सहित अतिथी, सुरक्षाकर्मी, सञ्चारकर्मीसहित ३ सय जनाको सहभागीता रहनेछ ।

माघ २६ गते बाहिरबाट आएका पाहुनाहरुलाई नेपालगन्जमा रहेको प्रसिद्ध धार्मीक शक्तीपिठ बागेश्वरी मन्दिरको दर्शन गराई यस क्षेत्रमा रहेका अन्य पर्यटकीय स्थलको अवलोकन साथै नगर परिक्रमा गराईने छ । यस कार्यक्रममा ४२ महिला साईकल यात्रीहरुको सहभागिता रहने आयोजकले बताएकोछ ।

सहभागी साईकल यात्रीहरुको २ दिनको ठाकुरद्वारा बसाईका क्रममा २७ गते बर्दियाको पहिचान झल्किने लोक संस्कृती, थारु नाच सहित अन्य कार्यक्रमहरु गर्नुका साथै २८ गते बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी, जिप सफारी, कर्णाली पुल र गेरुवा पुल लगायत त्यहाँका पर्यटकीय गन्तव्यहरुको अवलोकन गराईने छ र २९ गते विहान चिया, खाजा पश्चात सम्पुर्ण साईकल यात्रीहरुलाई विदाई गरी कार्यक्रम को समापन गरिने आयोजकले जनाएकोछ ।

कालपृष्ठ दैनिक मिडिया पार्टनर रहेको कार्यक्रमलाई बाँके र बर्दियाका स्थानीय पालिकाहरु बाँके जिल्ला साईकल संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन डिभिजन कार्यालय, फोन पे, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैक, नेपालगन्ज मेडिकल कलेज, वेष्टन हस्पिटल, विवाईडि ईभि, सगरमाथा सिमेन्ट, बवई रिसोर्ट, सिद्वार्थ होटल, प्रकृति संरक्षण कोष, लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरुले सहयोग गरेको आयोजकले जनाएको छ ।

थप समाचार

पाचौं संस्करणको ‘टुर डी ठाकुरद्वारा’को तयारी पुरा