कोहलपुरमा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता शुरु


कोहलपुरमा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता शुरु

कोहलपुर २७ माघ : बाँकेको कोहलपुरमा ५ औँ अन्तर माध्यमिक विद्यालय स्तरीय उपमेयर कप छात्रा क्रिकेट प्रतियोगीता २०७९ सञ्चालनमा आएकोछ । कोहलपुर स्थित क्रिकेट मैदानमा विभिन्न बिद्यालयका विद्यार्थीहरुको मार्चपास प्रदर्शन सहित प्रतियोगिता शुरु भएको हो ।

माघ २८ गते (तीन) सम्म सञ्चालन हुने क्रिकेट प्रतियोगीताको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य तथा उपप्रमुख संगीता सुवेदीले बलिङ र व्याटिङ गरेर सुरुवात गरे ।

उपप्रमुख सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अथिति नगरप्रमुख आचार्यले महिला क्रिकेटको बाँके जिल्लाको कोहलपुरबाटै उदय भएको बताउँदै बाँके जिल्लामा महिला क्रिकेटको इतिहास उत्कृष्ठ रहेको बताए ।

उनले बाँकेका महिला क्रिकेटरले राष्ट्रिय खेल खेलिसकेको बताउँदै गर्वीलो इतिहास जोगाइराख्न आफूहरु लागि परेको बताए । उनले विगतका वर्षहरुदेखि नै कोहलपुर नगरपालिकाले महिलाहरुको क्रिकेटमा सहभागि गराउँन रचनात्मक खेल सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा खेलाडीहरुलाई प्रोत्साहित गर्न विभिन्न किसिमका प्रतियोगिता र कार्यक्रम राखिने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै कार्यक्रमका अतिथि पूर्व क्रिकेट कप्तान एलबि क्षेत्रीले कोहलपुर नगरपालिकाले आयोजना गरेको छात्रा क्रिकेट प्रति खुशी व्यक्त गरे । महिलाहरुलाई क्रिकेटप्रति आकर्षित गर्न तथा प्रेरणा दिने कोहलपुर नगरपालिकाको यो काम प्रशंनीय रहेको उनले बताए ।

क्षेत्रीले क्रिकेट खेल आफैमा अरु भन्दा कठिन खेल खेल्ने अनि हेर्नेले झट्ट नबुझ्ने हुँदा खेलाडीहरुलाई एकै पटक प्रतियोगितामा उतार्न भन्दा उनीहरुलाई बेला–बेला प्रशिक्षण दिनु पर्ने भन्दै सहभागी बिधालयका प्रधानाध्यापकहरुलाई आग्रह समेत गरे ।

उपप्रमुख सुवेदीले ‘राष्ट्रका लागि खेल स्वास्थका लागि खेल’ भन्ने नारालाई कोहलपुर नगरपालिकाले आत्मसाथ गर्दै बिगत केही वर्षदेखी उपमेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरेको बताइन् । उनले क्रिकेटमा महिलाहरुको सहभागिता बढाउन तथा उनीहरुलाई क्रिकेट मात्र नभइ अन्य बिधाका खेलहरुमा प्रेरित गर्न आफू सधै लागि पर्ने बताईन् ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापा, नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल र कोहलपुर नगरपालिका भित्रका सरकारी र निजि बिधालयका प्रधानाध्यापक शिक्षक लगायत यस क्षेत्रका खेलप्रेमी व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

उद्घाटन शत्रको दिन कोहलपुर वडा नम्बर–३ मा रहेको बागेश्वरी स्कुल र कोहलपुर– १२ मा रहेको ज्ञानज्योति मावि चप्परगौढीबिच खेल भएकोथियो । प्रतियोगितामा १० विद्यालयको टिमले सहभागिता जनाएकोछ ।