नेपालगन्ज २८ माघः नेपालगन्ज मोडेल एकेडेमी, मंगल स्कुल र धारा मंगोलियन स्पोर्टस क्लबको पुरुष टिमले शनिबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।
मंगल प्रसाद उच्च माविको खेल मैदानमा शनिबार नेपालगन्ज मोडेल एकेडेमीले थ्रीस्टारलाई एक सय ६१ रनको फराकिलो अन्तरले हरायो । टस जितेर ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि सद्धाम खानले अविजित ५६ रन, अफाक शेखले ४९ रन, कप्तान सुबेन्दु पाण्डेले ४७ रनको योगदान गरेपछि टोलीले राम्रो स्कोर जोडन सफल भएको थियो । यता थ्रीस्टारका लागि रईस शेखले २ विकेट लिए ।
जवाफमा थ्रीस्टार १३.३ ओभरमा ५४ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि सद्धाम शेख र विजय गुप्ताले १३–१३ रन बाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् । नेपालगन्ज मोडेलका वलर हिजामुद्धिन हलवाईले सर्वाधिक ४ विकेट लिए । सैबाज खानले ३ विकेट र मकबुल राईले २ विकेट लिए । खेलमा नेपालगन्ज मोडेलका सद्धाम खान प्लयेयर अफ द म्याचबाट पुरस्कृत भए । उनलाई पुर्व राष्ट्रिय क्रिकेटर अकबर सिद्धिकीले पुरस्कृत गरे ।
यसैगरी अर्को खेलमा मंगलप्रसाद स्कुलले अब्दुल्लाह लायन्सलाई ३ विकेटले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको अब्दुल्लाह लायन्सका खेलाडी ६५.५ ओभरमा ८७ रन बनाएर अलआउट भएका थिए । टोलीका लागि अनिस अन्सारीले २२ रन र सोजात हुसेनले २१ रन र आसिफ अन्सारीले १७ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् ।
मंगल प्रसादका करण बानियाँले सर्वाधिक ४ विकेट, अजय केवटले ३ विकेट र अबुसाहिमा शेखले २ विकेट लिए ।
जवाफमा मंगलप्रसादले १४.५ विकेटमा जित हासिल गरेको थियो । टोलीका लागि अनुराग बैश्यले २२ रन, पंकज बर्मा १६ र शिवम सोनकरले अविजित १६ रनको योगदान गरे । अब्दुल्लाहका लागि सोयब मल्लिकले ३ विकेट, अनिस अन्सारीले २ विकेट लिए ।
खेलमा प्लेयर अफ द म्याच मंगलका करण बानियाँलाई डा. बिनोद कर्णले पुरस्कृत गरे ।
यसैगरी अर्को मंगोलियनले नेपालगन्ज किङस्लाई ४ विकेटले हरायो । खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगन्ज किङस्ले १६ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो ।
टोलीका लागि अहमद खानले २४ रन, गुडु सल्मानीले १९ रन बनाए । मंगोलियनका साउद अन्सारीले ३ विकेट, राम आर्य र सागर थापाले २–२ विकेट लिए । जवाफमा मंगोलियनले १९ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो ।
मंगोलियनका लागि संकेत पुनले २४ रन, आरिफ खानले २१ रन, अफरोज खानले १५ र मोहम्मद कामिलले अविजित १५ रनको योगदान गरे । नेपालगन्ज किङस्का अहमद खानले ३ विकेट लिन सफल भए । खेलमा मंगोलियनका संकेत पुन प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।
थप समाचार
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी