खजुरामा राष्ट्रिय स्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता


खजुरामा राष्ट्रिय स्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता

नेपालगन्ज ३ फागुन : राष्ट्रिय स्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता बाँकेको खुजुरा गाउँपालिकामा गरिने भएकोछ । आयोजक मंगोलियन जुडो डोजोले यही फागुन ५ र ६ गते राष्ट्रिय स्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता सञ्चालन गरिने जनाएकोछ ।

प्रतियोगिताका बारेमा जानकारी दिन बुधबार खजुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मंगोलियन जुडो डोजोका संस्थापक विजय गुरुङले स्थानीयस्तरबाट जुडो खेलको संरक्षण तथा खेलाडी उत्पादनका लागि प्रतियोगिता प्रतियोगिता आयोजना गरिन लागेको बताए ।

विजयले प्रतियोगितामा लुम्बिनी प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक सय ५० खेलाडी र अफिसियलसहित दुई सय जनाको सहभागित हुने बताए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ, गण्डकी प्रदेशको कास्की, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर तथा कर्णाली प्रदेशको सुर्खेतबाट खेलाडी प्रतियोगितामा प्रतिस्प्रर्धा गर्न खजुरा आउनेछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिदैँ प्रतियोगिताका व्यवस्थापक संयोजक निकेश लामिछानेले महिला तथा पुरुषका विभिन्न ८ विद्यामा प्रतिस्प्रर्धा हुने बताए ।

‘महिलातर्फ ३२ देखी ५७ र ५७ प्लस, पुरुषतर्फ ३० देखि ६० र ६० प्लस वजनबीच प्रतिस्प्रर्धा गराइनेछ’ संयोजक लामिछानेले अगाडी थपे–‘विजेतालाई स्वर्ण, काश्य र रजत पदकबाट सम्मानित गरिनुका साथै महिला र पुरुष उत्कृष्ट खेलाडीलाई नगद २५ सय तथा प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।’

खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना हुने प्रतियोगितामाको उद्घाटन गाउँपालिका प्रमुख डम्बर विक ‘तुफान’ले गर्नेछन् । खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय नमुना माविको प्राङ्गणमा दुईदिनसम्म हुने प्रतियोगिताको उद्घाटनअघि खजुराबजारमा प्रभातफेरि गरिने आयोजकले जनाएकोछ ।

यसअघि मंगोलियन जुडो डोजोले २०७५ सालमा पहिलो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिता सम्पन्न गरिसकेकोछ । दोस्रो संस्करण अन्तरगत राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिन लागेको प्रचारप्रसार संयोजक विक्रम बुढाक्षेत्रीले जानकारी दिए ।

बाँकेको खजुरामा २०५८ सालमा स्थापना भएको मंगोलियन जुडो डोजो खेलको संरक्षण र खेलाडी उत्पादनमा अहोरात्र काम गरिरहेकोछ । यसका संस्थापक विजयले प्रशिक्षण दिएका सोनिया भट्ट, दीपा गुरुङ्ग, युवराज सुनार, रेखा सुनार, सविन थापा लगायतका जुडोका खेलाडी राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय विभिन्न प्रतिस्प्रर्धा एवम प्रशिक्षण लिइसकेकाछन् । यी खेलाडीहरुले स्थानीय तथा राष्ट्रिय स्रतरबाहेक अन्तर्राष्ट्रिय प्रतियोगितामा १५ बढि स्वर्ण पदक जितेर देशको गरिमा बढाउन सफल भएकाछन् ।

२१ वर्षदेखि निरन्त जुडोको संरक्षण तथा खेलाडी उत्पादनमा जीवन सर्मपन गरेका प्रशिक्षक विजय र उनको मंगोलियन जुडो डोजोलाई भने राज्यले अबमूल्यांकन गरिरहेको प्रचारप्रसार संयोजक विक्रम बुढाथोकीले बताए ।