नेपालगन्ज ८ फागुन : हालै नेपालगन्जमा सम्पन्न दोस्रो हिमालयन साईन्स फेस्टिवलको सफलता पश्चात यसको तेस्रो संस्करण गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ ।
हिमालयन साईन्स फाउडेण्सनको आयोजनामा पोखरामा आगामी जेठ पहिलो साता गर्ने तयारी भैरहेको छ । हिमालयन साईन्स फेस्टिवलको पहिलो र दोस्रो संस्करण नेपालगन्जमा सम्पन्न भएको थियो ।
नेपालगन्ज रंगशालामा फागुन ३ गते सम्पन्न भएको फेस्टिवलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।
फेस्टिवलमा निर्णायकको रुपमा नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोज(नास्ट)को सिनियर बैज्ञानिक डाक्टर टिस्टा प्रसाई जोशी र एप्पल कम्पनीमा सफ्टवेयर आक्टिेक्टको रुपमा काम गरिसकेका इन्जिनियर विजय गौतमले काम गरेका थिए । हिमालयन साईन्स फाउण्डेशनले सात प्रदेशमा प्रदेश स्तरीय फेस्टिवलको आयोजना गर्ने तयारी गरिरहेको छ ।
आयोजक हिमालयन साईन्स फाउडेण्सनका अध्यक्ष आतंक बस्नेतका अनुसार प्रदेश स्तरीय फेस्टिवल पश्चात काठमाडौंमा राष्ट्रिय स्तरको साईन्स फेस्टिवल गरिनेछ । प्रदेश स्तरीय साईन्स फेस्टिवलबाट छानिएर आएका टिमले राष्ट्रिय स्तरको फेस्टिवलमा सहभागिताको लागि अवसर पाउनेछन् । विज्ञान र प्रविधिको विकासका लागि राष्ट्रव्यापी रुपमा अभियानको रुपमा फेस्टिवललाई लिएको छ ।
आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले राज्य स्तरबाट विज्ञान र प्रविधिको लागि बजेट तथा कार्यक्रमहरु ल्याईनु पर्ने बताए ।
थप समाचार
विज्ञान र प्रविधिमा नयाँ बहसको सृजना गर्दै सकियो दोस्रो हिमालयन साईन्स फेस्टिवल
विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउन हिमालयन साईन्स फेस्टिवल
हिमालयन साईन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती