आगामी जेठ पहिलो साता हिमालयन साईन्स फेस्टिवलको तेस्रो संस्करण पोखरामा हुने


आगामी जेठ पहिलो साता हिमालयन साईन्स फेस्टिवलको तेस्रो संस्करण पोखरामा हुने

नेपालगन्ज ८ फागुन : हालै नेपालगन्जमा सम्पन्न दोस्रो हिमालयन साईन्स फेस्टिवलको सफलता पश्चात यसको तेस्रो संस्करण गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ ।

हिमालयन साईन्स फाउडेण्सनको आयोजनामा पोखरामा आगामी जेठ पहिलो साता गर्ने तयारी भैरहेको छ । हिमालयन साईन्स फेस्टिवलको पहिलो र दोस्रो संस्करण नेपालगन्जमा सम्पन्न भएको थियो ।

नेपालगन्ज रंगशालामा फागुन ३ गते सम्पन्न भएको फेस्टिवलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।

फेस्टिवलमा निर्णायकको रुपमा नेपाल एकेडेमी अफ साईन्स एण्ड टेक्नोलोज(नास्ट)को सिनियर बैज्ञानिक डाक्टर टिस्टा प्रसाई जोशी र एप्पल कम्पनीमा सफ्टवेयर आक्टिेक्टको रुपमा काम गरिसकेका इन्जिनियर विजय गौतमले काम गरेका थिए । हिमालयन साईन्स फाउण्डेशनले सात प्रदेशमा प्रदेश स्तरीय फेस्टिवलको आयोजना गर्ने तयारी गरिरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

आयोजक हिमालयन साईन्स फाउडेण्सनका अध्यक्ष आतंक बस्नेतका अनुसार प्रदेश स्तरीय फेस्टिवल पश्चात काठमाडौंमा राष्ट्रिय स्तरको साईन्स फेस्टिवल गरिनेछ । प्रदेश स्तरीय साईन्स फेस्टिवलबाट छानिएर आएका टिमले राष्ट्रिय स्तरको फेस्टिवलमा सहभागिताको लागि अवसर पाउनेछन् । विज्ञान र प्रविधिको विकासका लागि राष्ट्रव्यापी रुपमा अभियानको रुपमा फेस्टिवललाई लिएको छ ।

आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले राज्य स्तरबाट विज्ञान र प्रविधिको लागि बजेट तथा कार्यक्रमहरु ल्याईनु पर्ने बताए ।

थप समाचार

विज्ञान र प्रविधिमा नयाँ बहसको सृजना गर्दै सकियो दोस्रो हिमालयन साईन्स फेस्टिवल

विज्ञान, प्रविधि र नयाँ खोजका बारेमा उत्प्रेरणा जगाउन हिमालयन साईन्स फेस्टिवल

हिमालयन साईन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा