बाँकेका ६ लाख बढीलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइँदै


बाँकेका ६ लाख बढीलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइँदै

File Photo

नेपालगन्ज १० फागुन : हात्ती पाईले रोग विरुद्धको अभियान अन्तरगत यसवर्ष पनि यही फागुन ११ गतेदेखी फागुन मसान्तसम्म औषधी खुवाउने कार्यक्रम सञ्चालन गरिदैँछ । बाँकेका ८ पालिकाका कुल ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेकोछ ।

आम औषधी अभियान अन्र्तगत सुरुको केही दिनसम्म नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रहरुमा औषधी खुवाइन्छ, त्यसपछि स्वास्थ्यकर्मीहरु घर–घरमा पुगेर भएपनि आफ्नै निगरानीमा औषधी खुवाउने योजना रहेको स्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

‘हात्ती पाईले रोग विरुद्धको औषधीप्रति कतिपय सर्बसाधारणको गलत बुझाई भइरहेको छ, जसले गर्दा अभियान प्रभावकारी हुन सकेको छैन,’ उनले भनिन् । हात्ती पाईले रोग निवारण अन्तरगत यसअघि २ प्रकारका औषधी खुवाउने गरेकोमा गतवर्षबाट ३ प्रकारको औषधी खुवाइएको जानकारी दिइन् ।

बाँकेका कोहलपुर नगरपालिकाका एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकाका ६५ हजार ३०७ जना, जानकी गाउँपालिकाका ४७ हजार ७३३ जना, डुडुवा गाउँपालिकाका ४४ हजार १४४ जना, नरैनापुर गाउँपालिकाका ४४ हजार ८०७ जना, नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ७० हजार ५९८ जना, बैजनाथ गाउँपालिकाका ७१ हजार ८६१ जना र राप्तीसोनारीका ६९ हजार ३४१ जना गरि कुल ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेको ८ पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिकाको आम औषधी कभरेज दर निराशाजनक छ । गतवर्षको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधीको ‘कभरेज’ भएको छ ।

गतवर्षको कभरेज दर अनुसार सबैभन्दा बढि जानकी गाउँपालिकाको ८० प्रतिशत छ । भने खजुराको ७८ प्रतिशत, नरैनापुरको ६४ प्रतिशत, डुडुवाको ७८ तथा बैजनाथ र राप्तीसोनारीको ७३/७३ प्रतिशत कभरेज दर रहेकोछ ।

वि.सं. २०६७ सालदेखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ । विगत १३ वर्षदेखी निरन्तर चल्दै आएको हात्ती पाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेमा सफल हुन सकेको छैन ।
बाँकेमा ११ औं चरणसम्म दुई थरीका औषधि खुवाइएको थियो । बाँकेले गरेको सर्वेक्षणमा लगातार पाँचौ पटकसम्म औषधि खानेको ४४ प्रतिशत मात्रै रहेकोछन् ।

हात्तीपाइले रोग निवारणका लागि बाँकेसहित ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको छ । तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा बाँके, दाङ, कैलाली, कपिलबस्तु र मोरङ रहेका छन् । यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो । ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

स्वास्थ्यकर्मीका अनुसार हात्तीपाईले रोग विरुद्धको औषधी दुई वर्ष उमेर नपुगेका बच्चा, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, मृर्गी भएका बिरामीले भने खानु हुँदैन ।

थप समाचार

नेपालगन्जमा औषधी खुवाउन कठिन, कभरेज दर भेटाउन हम्मे–हम्मे