नेपालगन्ज १३ फागुन : ज्योती स्पोर्टस एकेडेमी (ए) र नेपालगन्जमोडेल एकेडेमी नेपालगन्ज मेयर कपपुरुषतथाउप–मेयर कपमहिलाक्रिकेट प्रतियोगिताको विजेता बनेका छन् ।
नेपालगन्जमा शनिबार भएको पुरुषतर्फको खेलमा ज्योती स्पोर्टस एकेडेमी(ए)ले भेरी रकर्सलाई ७७ रनले पराजित गरेको छ । महिलातर्फको फाईनलमा नेपालगन्ज मोडेल एकेडेमीले होलिल्याण्ड स्कुललाई ७विकेटले हरायो ।
मंगल प्रसाद उच्च माविको खेल मैदानमा शनिबार टस हारेर ब्याटिङ गरेको ज्योती स्पोर्टस एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय७९ रन बनाएको थियो । टोलीका लागि ओपनर प्रनित थापा मगरले सर्वाधिक ५६ रन, रोहन केसीले २७ रन, अमर सिंह राउटेलाले १८ रन बनाए ।
भेरी रकर्सका रोशनकुमार साहुले ३ विकेट, सुरज दास र सोम शर्माले २–२ विकेट लिए ।
जवाफमा भेरी रकर्सले १६ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय २ रन प्राप्त गरेको छ । टोलीका लागि सद्धाव अन्सारीले ३६ रन र हसिब अन्सारीले १५ रन बनाए । ज्योतीका अमर सिंहले ३ विकेट, सुनिल सुनार, सिद्धान्त राजशाही र गौतम कनोजियाले २–२ विकेट लिए । फाइनलमा ज्योतीका प्रनित थापा मगर प्लेयर अफ द फाइनलबाट पुरस्कृत भए ।
यसैगरी महिलातर्फको खेलमा सुरुआतमा ब्याटिङ गरेको होलिल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो । टोलीका लागि एलिना बर्माले ५० रन र गायत्री कश्यपले २४ रन बनाईन ।
नेपालगन्ज मोडेलकी चमेली चौधरीले सर्वाधिक ४ विकेट र नेरी थापाले २ विकेट लिईन ।
जवाफमा नेपालगन्ज मोडेलले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । होलिल्याण्डकी यामुना थारुले २ विकेट लिईन । नेरी थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भईन ।
प्रतियोगितामा पुरुषतर्फ भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द टुर्नामेन्ट, भेरीकै सुरज दास उत्कृष्ट वलर, भेरीकै सद्धाव अन्सारी उत्कृष्ट ब्याटसम्यान, ज्योती स्पोर्टस एकेडेमी (बी)का ज्ञानेन्द्र रोकायउत्कृष्ट फिल्डर, मंगल प्रसाद उच्चमाविका करण बानिया उदयीमान खेलाडीको रुपमा पुरस्कृत भए ।
यसैगरी महिलातर्फ नेपालगन्ज मोडेलकी चमेली चौधरी प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट वलर पनिचमेली, होलिल्याण्डकी जिज्ञासा थापा उत्कृष्ट ब्याटस वुमन, वेस्ट फिल्डर पनि जिज्ञासा, मंगलकी निरुता सत्यालले राईजिङ प्लेयरको पुरस्कार प्राप्त गरिन् ।
विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खान, बाँके जिल्ला ट्राफिक कार्यालय प्रमुख हिमालयन शाहलगायतले पुरस्कृत गरे । बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भएको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला)तर्फ ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाए । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाएका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी