डुडुवामा दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो


डुडुवामा दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो

नेपालगन्ज १९ फागुन : बाँकेको डुडुवा गाउँपालिकामा आजदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गरे । सो क्रममा उनले खेल क्षेत्रले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भन्दै गाउँपालिका सहकार्य गर्न तयार रहेको बताए ।

खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र यसले देशको प्रतिष्ठा बनाउन पनि मद्दत पुर्याउने भएकाले पालिका यस्ता गतिबिधिका लागि गम्भीर रहेको बताए ।

उद्घाटन कार्यक्रममा वडा नम्बर–५ का वडा अध्यक्ष झंक बहादुर थापा, वडा नम्बर–४ का वडा अध्यक्ष सगिर खाँ, इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख बिष्णु शाही, जुडोका संस्थापक नोम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

लुम्बिनी प्रदेशका चार जिल्लाको खेलाडीहरुको सहभागिता रहेको कम्दी जुडो डोजोका अध्यक्ष एव प्रशिक्षक पदम बहादुर बुढाथोकीले बताए ।

प्रतियोगितामा महिला पुरुषतर्फ ६ ६ बिद्यामा प्रतिस्पर्धा हुँदैछ । शनिबार समापन हुने प्रतियोगितामा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ र कपिलबस्तुका एक सय ३० जना खेलाडीहरुको सहभागिता रहेको छ ।