वेष्टर्न अस्पताल नेपालगन्जमा अत्याधुनिक सुबिधा सहितको ‘लेभल ३ आइसियु’ सेवा सुरु


वेष्टर्न अस्पताल नेपालगन्जमा अत्याधुनिक सुबिधा सहितको ‘लेभल ३ आइसियु’ सेवा सुरु

नेपालगन्ज २१ फागुन : विगत १९ वर्षदेखि नेपालगन्जमा सञ्चालित वेष्र्टन अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको ‘लेभल ३ आइसियु’ सेवा सुरु गरेको छ ।

आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक÷एक जना तालिम प्राप्त ‘डेडिकेटेड नर्स’का साथै २४ सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ डाक्टरको निगरानी रहने ब्यवस्था मिलाइएको छ । यस्तो सुबिधा भएको आइसियु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाण्डौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो ।

आइसियुमा भर्ना हुने बिरामीमा हुने बिरामीको स्वास्थ्य सूचकहरुको बारेमा जानकारी दिनका लागि डब्लुएचओको प्रोटोकल अनुसार बिरामीको हेल्थ इन्डिकेटर इन्फरमेशन सिस्टम मिलाइएको छ । आइसियुमा अन्र्तराष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभबी चिकित्सक र नर्सहरु कार्यरत छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस अस्पतालले ‘क्वालिटी अफ नर्सिङ’ र आइसियु मै २४ घण्टा ‘कन्सलटेन्ट चिकित्सक’को ब्यवस्था गरेर गुणस्तरीय उपचार सेवालाई बिशेष फोकस गरेको छ । त्यसैगरी उपचार सेवालाई थप प्रभावकारी बनाउन यस अस्पतालले टिचिङ, ह्याम्स, ग्राण्डी जस्ता सुबिधा सम्पन्न अस्पतालको आइसियु बिभागमा लामो समय काम गरेका बिशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफहरुसँग सहकार्य गर्दै आइरहेको छ ।

यसका साथै आइसियु मै डाइलासिस सुबिधा छ । ६ वटा भेन्टिलेर सहित अत्याधुनिक उपकरणहरु छन् । बेष्टर्न अस्पतालले आज आईतबारदेखि ६ बेडको एचडियु सेवा पनि सुरु गरेकोछ । केहि दिन मै ६ बेडको एनआइसियु सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक डाक्टर राहुल थापाले जानकारी दिए ।

बेष्टर्न अस्पतालमा ९ बेडको अप्रेशन थेयटर छ । साथै आइसियु लगायतका सुबिधाहरु बढाउनका लागि करिब ५ करोडको लागतमा उपकरण र पुर्बाधारहरु थप गरिएको प्रबन्ध निर्देशक डाक्टर थापाले बताए ।

प्रबन्ध निर्देशक डाक्टर थापाका अनुसार ‘लेभल ३ आइसियु’ सेवामा ‘डेडिकेटेड नर्स’का साथै २४ सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ डाक्टरको निगरानी रहनेछ । आइसीयु चार्ज ६ हजार ६ सय र नर्सिङ चार्ज २६ सय रहेकोछ । विरामी स्वास्थ्यअनुसार थप सेवा लिए चार्ज बढ्नेछ । नेपालगन्जमा रहेका अन्य अस्पतालहरुले लिने शुल्कभन्दा कम रहेकोछ । यद्यपी विशेषज्ञ चिकित्सक, डेडिकेटेड नर्सहरुको निगरानीमा उपचार हुने भएकाले शुल्क बढ्ने थापाले बताए ।

अस्पतालको क्रिटिकल केयर बिभागमा डाक्टर पारस पाण्डे, मेडिसिन बिभागमा कन्सल्टेन्ट फिडिसियन डाक्टर मधु अर्याल सहितका चिकित्सक र नर्सिङ स्टाफहरुको टीम कार्यरत छ ।

एक सय बेडको क्षमताको बेष्टर्न अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल र्सजरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको प्रबन्ध निर्देशक थापाले जानकारी दिए ।

अस्पतालले निकट भबिष्य मै बालरोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालन गर्ने तयारी गरि रहेको छ ।

यसअघि आइसियुमा काम गर्ने नर्सहरुलाई दक्ष बनाउने उद्देश्यले नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन र क्रिटिकल केयर नर्सिङ एसोसियशन नेपालको समन्वयमा वेष्टर्न अस्पतालले नेपाल मै पहिलो पल्ट काठमाण्डौँ उपत्यका बाहिर ‘बेसिक फर नर्सिङ तालिम’ सञ्चालन गरेको थियो । उक्त तालिममा वेष्टर्न अस्पतालका २८ जना नर्सहरू प्रशिक्षित भएका थिए ।

गत कार्तिकको अन्तिम साता दिइएको उक्त तालिम काठमाण्डौं बाहिर पहिलोपटक वेष्टर्न अस्पतालले सञ्चालन गरेको हो । अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरुको टीम बनाएर वेष्टर्न अस्पतालले नेपालगन्ज मै काठमाण्डौँ र लखनउका ठुला र सुबिधा सम्पन्न अस्पताल कै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेकोछ ।

थप समाचार

सिकिस्त बिरामीको उपचार सेवालाई प्रभाबकारी बनाउन वेष्टर्न अस्पतालका नर्सहरुलाई क्रिटिकल केयर तालिम