नेपालले जोगायो एकदिवसीय मान्यता

नेपालको घातक बलिङ


नेपालले जोगायो एकदिवसीय मान्यता

नेपालगन्ज २८ फागुन : यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ भने शीर्ष ३ टिमले विश्वकप छनोट खेल्न पाउने छन् । यूएईले भने ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफार खेल्नुपर्नेछ ।

नेपालको घातक बलिङ

Kids Festival 2022
kanti aarogya hospital
add

आईसीसी विश्वकप क्रिकेट लिग टूको आईतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर, मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भयो र नेपाल १७७ रनले विजयी भयो । रन अन्तरले हिसाबमा ओडीआईमा यो नेपालको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।

यूएईविरुद्ध आजको खेलमा शृंखलामा पहिलो खेल खेलिरहेका ललित राजवंशीको नेतृत्वमा नेपाली बलरले शानदार प्रदर्शन गरे । राजवंशीले ७.५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए ।

सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १ विकेट लिए ।
यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए भने अश्वन्थ भल्थापाले १४ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो ओभरमै ललितले भृत्य अरभिन्दलाई आउट गर्दै शानदार सुरुवात दिलाएका थिए । त्यसपछि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पनि विकेट लिँदा यूएईको इनिङ्स धरासयी बनेको थियो । यूएईले ८ रनमा सुरुवाती चार विकेट गुमायो । भृत्य र आर्यन लाक्रा खाता नखोली आउट भए ।

आसिफ खानले ६ र कप्तान मुहमम्द वासिम १ रनमा आउट भए । त्यसपछि बयान खान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर सन्दीप लामिछानेले १४औं ओभरमा मुस्ताफालाई एलबीडब्लु धरापमा पार्दै २६ रनको साझेदारी तोडिदिए । मुस्ताफा ६ रनमा आउट भए ।

आयान खानलाई ललितले कुशल भुर्तेलबाट १७औं ओभरमा ब्याचआउट गराउँदा युएई ४६–६ को स्थितिमा पुग्यो । त्यसपछि सन्दीप लामिछाने जावार फरिदलाई २ रनमा बोल्ड गरे । गुल्शन झाले विकेटकिपर बश्वन्थ भल्भापालाई दीपेन्द्र ऐरीबाट क्याचआउट गराए ।

ललितले २३औं ओभरमा जुनैद सिद्दीकीलाई एलबीडब्लु धरापमा पारे । त्यही ओभरमा ललितले जहुर खानलाई कुशल भुर्तेलबाट क्याचआउट गराउँदै करिअरकै पहिलो ५ विकेट हउल पूरा गरे ।