नेपालको घातक बलिङ
नेपालगन्ज २८ फागुन : यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।
जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।
यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ भने शीर्ष ३ टिमले विश्वकप छनोट खेल्न पाउने छन् । यूएईले भने ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफार खेल्नुपर्नेछ ।
नेपालको घातक बलिङ
आईसीसी विश्वकप क्रिकेट लिग टूको आईतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर, मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भयो र नेपाल १७७ रनले विजयी भयो । रन अन्तरले हिसाबमा ओडीआईमा यो नेपालको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।
यूएईविरुद्ध आजको खेलमा शृंखलामा पहिलो खेल खेलिरहेका ललित राजवंशीको नेतृत्वमा नेपाली बलरले शानदार प्रदर्शन गरे । राजवंशीले ७.५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए ।
सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १ विकेट लिए ।
यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए भने अश्वन्थ भल्थापाले १४ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पहिलो ओभरमै ललितले भृत्य अरभिन्दलाई आउट गर्दै शानदार सुरुवात दिलाएका थिए । त्यसपछि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पनि विकेट लिँदा यूएईको इनिङ्स धरासयी बनेको थियो । यूएईले ८ रनमा सुरुवाती चार विकेट गुमायो । भृत्य र आर्यन लाक्रा खाता नखोली आउट भए ।
आसिफ खानले ६ र कप्तान मुहमम्द वासिम १ रनमा आउट भए । त्यसपछि बयान खान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर सन्दीप लामिछानेले १४औं ओभरमा मुस्ताफालाई एलबीडब्लु धरापमा पार्दै २६ रनको साझेदारी तोडिदिए । मुस्ताफा ६ रनमा आउट भए ।
आयान खानलाई ललितले कुशल भुर्तेलबाट १७औं ओभरमा ब्याचआउट गराउँदा युएई ४६–६ को स्थितिमा पुग्यो । त्यसपछि सन्दीप लामिछाने जावार फरिदलाई २ रनमा बोल्ड गरे । गुल्शन झाले विकेटकिपर बश्वन्थ भल्भापालाई दीपेन्द्र ऐरीबाट क्याचआउट गराए ।
ललितले २३औं ओभरमा जुनैद सिद्दीकीलाई एलबीडब्लु धरापमा पारे । त्यही ओभरमा ललितले जहुर खानलाई कुशल भुर्तेलबाट क्याचआउट गराउँदै करिअरकै पहिलो ५ विकेट हउल पूरा गरे ।
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ