खजुरा २९ फागुन : बाँकेको खजुरामा जारी श्रीमद्भागवत ज्ञान महायज्ञमा आर्थिक संकलनले तिब्रता पाएको छ । महायज्ञ सञ्चालन भएको पाँचौ दिन आईतबार एकै दिन १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ ।
आईतबार मात्र महायज्ञमा उपस्थित ठुलो संख्याका भक्तजनहरुबाट दान प्राप्त भएको महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।
खजुरा क्षेत्रलाई धार्मिक पर्यटकिय स्थल बनाउने र खजुरामा ६० फुट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञमा अहिले सम्ममा सबैभन्दा बढी खजुरा गाँउपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ दान गरेकी छन्, भने उद्योगी प्रदीप छाजेडबाट एक लाख एक हजार एक सय एघार दान गरेका छन् । बर्दिया मधुबनका भक्तबहादुर केसीबाट एकलाख एक हजार दान दिएका छन् ।
धेरै श्रद्धालुहरुको सहभागीता गराउने उद्देश्यले आयोजकले ५ हजार देखि नै शिलालेखमा नाम लेखाएने व्यवस्था मिलाइएको समितिका कोषाध्यक्ष बिजय बुढाथोकीले बताए । ५० हजार बढी दान गर्नेहरुमा स्थानीय स्वास्थ्यकर्मी सुदीप पौडेल, सुबेदार रामबहादुर केसी, स्थानीय चन्द्रा बोगटी, धनबहादुर केसी लगायत रहेको कोषाध्यक्ष बुढाथोकीले बताए ।
महायज्ञमा माधुर्यवाचक बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् । ४ करोडको लागतमा निर्माण हुने मूर्ती निर्माणका लागि महायज्ञबाट २ करोड र बाँकी अनुदान संकलन गरेर निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । आज (बुधबार) ठुलो परिमाणमा आर्थिक संकलनको अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले बताए ।
थप समाचार
आध्यात्मलाई सामाजिक विकासमा जोड्दा छिटो नतिजा निस्कन्छ : संबिधानसभा पूर्व उपाध्यक्ष सुबेदी
खजुरालाई धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि सुरुभयो महायज्ञ
खजुराको महायज्ञस्थलमा लक्ष्मी नारायणको नयाँ मुर्ति भित्राइयो
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?