राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण


राष्ट्रपति पौडेलद्वारा पदभार ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेल पदभार ग्रहणपश्चात राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्दै ।

नेपालगन्ज २९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेकाछन् । उनले आज(सोमबार) पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरे ।

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनलाई राष्ट्रपति कार्यालयमा आज(सोमबार) आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

Kids Festival 2022
kanti aarogya hospital

थप समाचार

राष्ट्रपति रामचन्द्रले लिए पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

रामचन्द्रको संक्षिप्त परिचय, जानौं संविधानले राष्ट्रपतिलाई दिएको अधिकार

नेपालको चौथो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित