राष्ट्रपति रामचन्द्र पौडेल पदभार ग्रहणपश्चात राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गर्दै ।
नेपालगन्ज २९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेकाछन् । उनले आज(सोमबार) पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरे ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनलाई राष्ट्रपति कार्यालयमा आज(सोमबार) आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानूनबमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
थप समाचार
राष्ट्रपति रामचन्द्रले लिए पद तथा गोपनीयताको शपथ
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
रामचन्द्रको संक्षिप्त परिचय, जानौं संविधानले राष्ट्रपतिलाई दिएको अधिकार
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती