अस्ट्रेलियामा ज्ञानेन्द्रको समाजसेवासँगै व्यापार


अस्ट्रेलियामा ज्ञानेन्द्रको समाजसेवासँगै व्यापार

नेपालगन्ज ४ चैत्र : सानैदेखि व्यापार व्यवसायमा रूची राख्ने ज्ञानेन्द्र कार्की यतिखेर अस्ट्रेलियाको नेपाली समाजमा युवा उद्यमीका रूपमा पहिचान बनाउन सफल भइसकेका छन् ।

ज्ञानेन्द्र यतिबेला नेपाली भन्दा बंगाली, भारतीय, अरेविक र चिनियाँ समाजमा ‘ग्यारी’का नामबाट बढी लोकप्रिय छन् । तरपनि उनलाई आफू जन्मेको ठाउँ र हुर्केको गाउँ अनि आफ्नो समाज सबैभन्दा प्यारो लाग्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाली समाज र नेपालसँग जोडिने हरेक अभियानमा जोडिँदै आएका ज्ञानेन्द्रले समाजसेवासँगै व्यापार व्यवसायलाई एकसाथ अगाडी बढाएका छन् । मोरङको रंगेली थातथलो भए पनि स्कुल सकेपछि उनले विराटनगरलाई कर्मथलो बनाएका थिए ।

कार्की यतिबेला अस्ट्रेलियाको सिड्नीमा रियल स्टेट र निर्माण व्यवसायमा एउटा ‘ब्राण्ड’ बनिसकेका छन् । अब कार्कीले नेपालमा पनि केहि व्यवसाय गर्ने सोँच बनाएका छन् ।