नेपालगन्ज ४ चैत्र : सानैदेखि व्यापार व्यवसायमा रूची राख्ने ज्ञानेन्द्र कार्की यतिखेर अस्ट्रेलियाको नेपाली समाजमा युवा उद्यमीका रूपमा पहिचान बनाउन सफल भइसकेका छन् ।
ज्ञानेन्द्र यतिबेला नेपाली भन्दा बंगाली, भारतीय, अरेविक र चिनियाँ समाजमा ‘ग्यारी’का नामबाट बढी लोकप्रिय छन् । तरपनि उनलाई आफू जन्मेको ठाउँ र हुर्केको गाउँ अनि आफ्नो समाज सबैभन्दा प्यारो लाग्छ ।
नेपाली समाज र नेपालसँग जोडिने हरेक अभियानमा जोडिँदै आएका ज्ञानेन्द्रले समाजसेवासँगै व्यापार व्यवसायलाई एकसाथ अगाडी बढाएका छन् । मोरङको रंगेली थातथलो भए पनि स्कुल सकेपछि उनले विराटनगरलाई कर्मथलो बनाएका थिए ।
कार्की यतिबेला अस्ट्रेलियाको सिड्नीमा रियल स्टेट र निर्माण व्यवसायमा एउटा ‘ब्राण्ड’ बनिसकेका छन् । अब कार्कीले नेपालमा पनि केहि व्यवसाय गर्ने सोँच बनाएका छन् ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे