File Photo
नेपालगन्ज १० चैत्र : प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको हो ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।
एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका हुन् । धिरजप्रताप सिंह आजैदेखि बिदा भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन् । हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
गत असारमा डीआईजीमा पहिलो नम्बरमा बढुवा गरसँगै उनी आईजीपीको प्रमुख दाबेदार बनेका थिए । सरकारले गतसाता पहिलो नम्बरमा नै एआईजीमा पनि बढुवा गरेको थियो । शनिबारदेखि प्रहरी नेतृत्व सम्हाल्ने कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन् ।
एआईजी बढुवासम्म आइपुग्दा उमेर विवादका कारण अर्का दाबेदार अशोक सिंहले राजीनामा दिएपछि उनी महानिरीक्षकका लागि बलियो प्रतिष्पर्धी बने । कुँवर प्रहरी नायब महानिरीक्षक छँदा मधेश प्रहरी प्रमुख थिए । एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व समेत गरेका थिए ।
अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उनी प्रहरीभित्र हक्की स्वभावका व्यवसायिक अधिकृत मानिन्छन् ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?