युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक खेमराज शर्मा


युवा संघको महाधिवेशनले नेपालगन्जलाई चिनाउने छ : संयोजक खेमराज शर्मा

नेपालगन्ज २६ चैत्र : राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश संयोजक खेमराज शर्माले नेपालगन्जमा हुन गईरहेको राष्ट्रिय महाधिवेशने नेपालगन्जलाई चिनाउने बताएकाछन् ।

लुम्बिनी प्रदेशको बाँके पहिलो पटक भईरहेको राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिले नेपालगन्जलाई प्रत्यक्ष अनुभूति गर्नुका साथै सामाजिक सञ्जालबाट गरेको प्रचार प्रसारले नेपालगन्ज यतिबेला देशभर चिनिएको उनको भनाई छ ।

भोली चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनमा देशभरबाट आउने दुईहजार बढि प्रतिनिधिलाई खाने बस्ने र कार्यक्रमलाई भव्य बनाउन आफुहरु दिनरात खटिएको शर्माले बताए ।

युवा संघ बाँकेको नेतृत्व र प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य, स्थायी कमिटी सदस्य सम्म पुग्नुभएका प्रदेश संयोजक शर्माले नेपालगन्जमा संघको केन्द्रीय महाधिवेशन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गरे ।

Kanti Aarogya Hospital Nepalgunj

महाधिवेशनलाई भव्यता पूर्वक सफल बनाउन नेकपा (एमाले) पार्टीसँग समन्वय गरेर तयारीका काम भईरहेको जानकारी दिदै संयोजक शर्माले भने,‘लुम्बिनी प्रदेशको नेपालगन्जमा हुन लागेको युवा संघको महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने कुरामा कुनै कमी हुन दिईने छैन ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहमा दशौं हजार जनता सहभागि हुने गरी कार्यक्रम तय भएको उनको भनाई छ ।

महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उनको विश्वास छ ।

थप समाचार

युवा संघको महाधिवेशन तयारी पूरा

युवा संघको ९ औं महाधिवेशन, सिंगारिदैै नेपालगन्ज

युवा संघको राष्ट्रिय महाधिवेशन : ओलीले उद्घाटन गर्ने, बद्री र रचना लगायतका कलाकारले नचाउने

युवा संघको महाधिवेशन ऐतिहासिक हुनेछः इन्चार्ज पुरी

नेपालगन्जमा युवा संघको राष्ट्रिय महाधिवेशन, दशौं हजार जनपरिचालन गरिदैँ