‘लू’ बाट बच्न सरकारको आग्रह


‘लू’ बाट बच्न सरकारको आग्रह

File Photo

नेपालगन्ज ८ वैशाख : सरकारले तराईमा गर्मी बढेसँगै ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै ‘लू’ चल्ने सक्ने भएकाले बच्न उनको अनुरोध छ । मन्त्रालयले तातो हावा वा ‘लू’ बाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कनु परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन आग्रह गरेको छ । मन्त्रालयले धेरै पसिना आएमा जीवनजल खान अनुरोध गरेको छ ।

चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयको आग्रह छ ।

तातो हावा वा तथा ‘लू’ लाग्दा हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता लक्षण देखिन्छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै, शरीरको तापक्रम १०४ डिग्रीभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ । ‘लू’का लक्षण देखिए तुरुन्त नजिकैको अस्पतालमा जान मन्त्रालयले आग्रह गरेको छ ।

थप समाचार

उफ गर्मी ! नेपालगन्जको तापक्रम ४० डिग्री नजिक पुग्यो