File Photo
नेपालगन्ज ८ वैशाख : सरकारले तराईमा गर्मी बढेसँगै ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।
तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै ‘लू’ चल्ने सक्ने भएकाले बच्न उनको अनुरोध छ । मन्त्रालयले तातो हावा वा ‘लू’ बाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कनु परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन आग्रह गरेको छ । मन्त्रालयले धेरै पसिना आएमा जीवनजल खान अनुरोध गरेको छ ।
चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयको आग्रह छ ।
तातो हावा वा तथा ‘लू’ लाग्दा हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता लक्षण देखिन्छन् ।
यस्तै, शरीरको तापक्रम १०४ डिग्रीभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ । ‘लू’का लक्षण देखिए तुरुन्त नजिकैको अस्पतालमा जान मन्त्रालयले आग्रह गरेको छ ।
थप समाचार
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ