नेपालगन्ज १५ वैशाख : पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंगशाह (एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ ।
नेपालगन्जमा शुक्रबार अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई सम्मान गरेका थिए । उत्कृष्ट काम गरेका कारण शाह बेलायती महारानीबाट सम्मानित समेत भएका थिए ।
नेपालगन्जबाट फुटबल करियर सुरु गरेका शाहले २०५४ सालमा नेपालको यु–१६ फुटबल टिम, नेपालगन्ज–११ टिम र अन्य विभिन्न क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । शाह अहिले बिट्रिस आर्मीमा क्याप्टेनका रुपमा कार्यरत छन् । शाहले भारतको बहराइचमा भएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगन्ज–११ लाई उपाधि दिलाएका थिए ।
नेपालगन्जउप–महानगरपालिका–४ देवाफुलबारीका शाहले सन् २००१ मा भएको तत्कालिन राजा विरेन्द्रको शुभजन्मोत्सवमा हुने बर्डे कपमा नेपालगन्ज–११ को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वारटरफाइनलमा पुग्दा निर्णायक गोल गरेका थिए । नेपालगन्जलाई आधा दर्जन महत्वपुर्ण प्रतियोगितामा सफलता दिलाउने खेलाडीमा पर्छन् शाह ।
फुटबल करियरमा बाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकोले यस क्षेत्रका लागि विवेक प्रतिष्ठित व्यक्ति भएको एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले बताए । उनले भने, ‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुन् । उनले बेलायतमा गएर पनि आफनो देश र जिल्लालाई गर्व हुने सफलता हाँसिल गरेकाछन् । एउटा खेलाडीले यो स्तरमा सफलता प्राप्त गर्नु फुटबल परिवारका निम्ति गर्वको विषय हो ।’
शुक्रबार बाँके जिल्ला फुटबल संघका पदाधिकारी र पुर्व राष्ट्रिय खेलाडी शाहका बिच बाँकेको फुटबल विकास गर्ने बारेमा छलफल भएको छ ।
नेपालगन्जमा आउँदा फुटबल संघका पदाधिकारीहरुसँग भेट्न पाउँदा खुसी लागेको शाहले बताए । उनले भने,‘यो न्यानो आतिथ्य र सम्मानका लागि बाँके जिल्ला फुटबल संघलाई धन्यवाद दिन चाहन्छु । फुटबल मलाई मन पर्ने खेल हो । यसको विकासका लागि म सक्दो सहयोग गर्छु । विशेष गरी नयाँ बालबालिकालाई फुटबल खेल्न प्रेरित गर्नु पर्छ । यस्तो अभियानमा संघले योजना बनाएको कुरा थाहा पाउँदा खुसी लाग्यो । फुटबलको विकासमा सबैको सहकार्य र समन्वय आवश्यक छ ।’
बाँके जिल्ला फुटबल संघले चौथो नेपालगन्ज गोल्ड कप र बालबालिकाहरुको लागि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसमा शाहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्मान कार्यक्रममा ब्रिटिस आर्मी समिर मल्ल, बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्दको पनि उपस्थिती रहेको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ