नेपालगन्ज १६ वैशाख : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने भएकाछन् । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
विश्वासको मत सोमबार लिने निर्णय भएको विना विभागीय मन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उनका अनुसार बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घर–घरसम्म पुगेको अनुभूति गराउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय समेत गरेको छ ।
सो प्रदेशमा नेपाली काँग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र १ सांसद गरी ५३ सांसदको समर्थनमा बिहीबार चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँट तथा मन्त्रिपरिषद् थप विस्तार गर्ने चौधरीको तयारी छ । नवनियुक्त मुख्यमन्त्री चौधरीले प्रदेशको औचित्य पुष्टि गर्दै यो सरकारले भिन्नै तरिकाले काम गर्ने दाबी गरे ।
थप समाचार
लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ
डिल्लीबहादुर चौधरी लुम्बिनीको चौथो मुख्यमन्त्रीमा नियुक्त (संक्षिप्त पृष्ठभूमि सहित)
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ