लुम्बिनीका मुख्यमन्त्री चौधरीले १८ गते विश्वासको मत लिने


लुम्बिनीका मुख्यमन्त्री चौधरीले १८ गते विश्वासको मत लिने

नेपालगन्ज १६ वैशाख : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने भएकाछन् । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

विश्वासको मत सोमबार लिने निर्णय भएको विना विभागीय मन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उनका अनुसार बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घर–घरसम्म पुगेको अनुभूति गराउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय समेत गरेको छ ।

सो प्रदेशमा नेपाली काँग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र १ सांसद गरी ५३ सांसदको समर्थनमा बिहीबार चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँट तथा मन्त्रिपरिषद् थप विस्तार गर्ने चौधरीको तयारी छ । नवनियुक्त मुख्यमन्त्री चौधरीले प्रदेशको औचित्य पुष्टि गर्दै यो सरकारले भिन्नै तरिकाले काम गर्ने दाबी गरे ।

Kids Festival 2022
kanti aarogya hospital

थप समाचार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ

डिल्लीबहादुर चौधरी लुम्बिनीको चौथो मुख्यमन्त्रीमा नियुक्त (संक्षिप्त पृष्ठभूमि सहित)