File Photo
नेपालगन्ज १७ वैशाख : पश्चिम नेपालको एक महिने भ्रमणका लागि नेपालगन्ज आएका राजा ज्ञानेन्द्र शाहसहित राजपरिवार बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागि हुँदैछन् ।
पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता हुने भएकोछ । बागेश्वरी मन्दिरमा गरिने साप्ताहिक महाआरतीमा सहभागी हुने भएपछि त्यसको भब्य तयारी गरिएको छ ।
महाआरतीमा राजा ज्ञानेन्द्र शाह, रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायतको सहभागिता रहनेछ । महाआरतीको शुभसाईत सोमबार बेलुका ६ः३७ बजे रहेकोछ । सोअघि राजा र राजपरिवार सदस्यले बागेश्वरी मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यतालिका तय गरिएकोछ ।
महाआरतीमा राजपरिवारको सहभागिता हुने भएपछि महाआरती स्थल र बागेश्वरी मन्दिर सरसफाई गरिनुका साथै सिंगारिएकोछ ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिदैँ आएको छ । महाआरतीमा दिन प्रतिदिन भक्तजनको घुँइचो लागिरहेको छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधै“ भीड हुने गर्दछ । हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् ।
महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने र सन्ध्या आरतीपछि भजन कीर्तन पनि गर्ने गरिएको छ ।
महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । ‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको हो ।
ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलकै अथक प्रयास र समन्वयमा महाआरतीले पूर्णता पाएको हो । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
राजाको यही वैशाख २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ । राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । उनका अनुसार ५० हजार बढिको सहभागितामा राजाको नेपालगन्जमा भब्य नागरिक अभिनन्दन गरिनेछ । यसका लागि राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डाक्टर धवल शमशेर राणाको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ ।
शुक्रबार बेलुकी बुद्ध एयरको जहाजबाट रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाहसँग उनी नेपालगन्ज आएका हुन् । राजा ज्ञानेन्द्र यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ भुजईगाँउस्थित होटल सोल्टिमा बसेकाछन् । पश्चिम नेपालको एक महिने भ्रमण राजा ज्ञानेन्द्रले यही होटलबाट पुरा गर्नेछन् ।
थप समाचार
नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो
एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ
बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?