लुम्बिनी प्रदेश सरकारमा थपिए तीन मन्त्री
नेपालगन्ज ८ जेठ : जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई(यादव) कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गर्नेक्रममा बाँकेका प्रदेश सांसद भण्डारीलालसहति तीन जना नयाँ मन्त्री बनेकाछन् । यसअघि पनि भण्डारीलाल लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका थिए ।
मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेकोमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चौधरीले सोमबार सरकार विस्तार गरेका हुन् । बाँके प्रदेश सभा–२ ‘क’ बाट भण्डारीलाल निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरी तीन जना मन्त्री थपिएका हुन् । काँग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।
वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चौधरीले आफूसँग तीन वटा मन्त्रालय राखेका छन् ।
खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफूसँगै राखेका छन् ।
भागबण्डा पु¥याउन मन्त्रालय र राज्यमन्त्री थप्ने तयारी गरिएपनि मुख्यमन्त्री मन्त्रालय बढाउने विषयबाट पछि हटेका छन् । अघिल्लो सरकारको पालामा रहेका मन्त्रालयहरुको संख्यालाई कायम राख्नेगरी मुख्यमन्त्री अघि बढेका छन् ।
थप समाचार
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ