बाँकेका भण्डारीलाल पुनः कृषिमन्त्रीमा नियुक्त

लुम्बिनी प्रदेश सरकारमा थपिए तीन मन्त्री


बाँकेका भण्डारीलाल पुनः कृषिमन्त्रीमा नियुक्त

नेपालगन्ज ८ जेठ : जसपा संसदीय दलका नेता भण्डारी लाल अहिरलाई(यादव) कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तार गर्नेक्रममा बाँकेका प्रदेश सांसद भण्डारीलालसहति तीन जना नयाँ मन्त्री बनेकाछन् । यसअघि पनि भण्डारीलाल लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका थिए ।

मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेकोमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री चौधरीले सोमबार सरकार विस्तार गरेका हुन् । बाँके प्रदेश सभा–२ ‘क’ बाट भण्डारीलाल निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरी तीन जना मन्त्री थपिएका हुन् । काँग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री चौधरीले आफूसँग तीन वटा मन्त्रालय राखेका छन् ।

खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफूसँगै राखेका छन् ।

भागबण्डा पु¥याउन मन्त्रालय र राज्यमन्त्री थप्ने तयारी गरिएपनि मुख्यमन्त्री मन्त्रालय बढाउने विषयबाट पछि हटेका छन् । अघिल्लो सरकारको पालामा रहेका मन्त्रालयहरुको संख्यालाई कायम राख्नेगरी मुख्यमन्त्री अघि बढेका छन् ।

थप समाचार

जसपा सरकारमा सहभागी, बाँकेका भण्डारीलाल कृषिमन्त्री नियुक्त

बाँके प्रदेश सभा–२ (क) मा जसपाका भण्डारीलाल विजयी