सांसद पुनद्वारा राष्ट्रिय झण्डालाई दिवसका रुपमा मनाउन प्रदेश समाभा पहल


सांसद पुनद्वारा राष्ट्रिय झण्डालाई दिवसका रुपमा मनाउन प्रदेश समाभा पहल

दाङ १७ जेठ : नेपालको परिचय र पहिचानसँग जोडिएको राष्ट्रिय झण्डालाई सरकारले दिवसको रुपमा मनाउनुपर्ने लुम्बिनी प्रदेशकी सांसद माया पुनले बताएकी छन् ।

लुम्बिनी प्रदेश सभाको बैठकमा उनले अन्र्तराष्ट्रिय स्तरमा नेपालको पहिचान र परिचय बोकेको झण्डालाई नेपालले सम्झिन नसकेको भन्दै दुःख ब्यक्त गरिन् ।

नेपालगन्जमा हरेक नयाँ वर्ष बैशाख १ गतेका दिन नागरिक स्तरबाट झण्डा दिवस मनाउने गरिएको छ । गत वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा आयोजित झण्डा दिवस कार्यक्रममा अतिथीका रुपमा उपस्थित भएकी सांसद पुनले सरकारी स्तरबाट पनि दिवस मनाउन आफुले पहल गर्ने र प्रदेश सभामा यस विषयमा बोल्ने प्रतिवद्धता जनाएकी थिइन् । सोही प्रतिबद्धता अनुरुप उनले प्रदेश सभामा राष्ट्रिय झण्डाको गरिमा, महत्व, महिमा र पहिचानका विषयमा राज्य अनुदार रहेको भन्दै आवाज उठाएकी हुन् ।

सांसद पुनले अर्को प्रसंगमा बोल्दै शैक्षिक शत्र सुरु भएपनि बिद्यार्थीको हातमा पुस्तक र शिक्षकको हातमा पाठ्यक्रम पुग्न नसकेको बताइन् । लुम्बिनीमा कृषि विश्व बिद्यालय स्थापना गर्नुपर्नेमा माग राख्दै सांसद पुनले नेपालगन्जको जमुनाहा नाकाबाट हुने अबैध निकासी तथा पैठारीलाई न्यूनिकरण गर्नुपर्ने धारणा राखिन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘लुम्बिनी प्रदेश मात्र नभएर राष्ट्रलाई योगदान दिने नाका हो जमुनाहा, यो नाकाबाट चोरीका सामानहरु आइरहेको छ, त्यसलाई न्यूनिकरण गर्नका लागि प्रदेश सरकारमार्फत म संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।

आर्थिक मन्दीका कारणले उद्योग, ब्यापार कमजोर र खुम्चिएको अवस्थामा लुम्बिनी सरकारले ब्यापारीलाई करमा छुुट दिएर राहत प्रदान गर्नुपर्ने सुझाव दिइन् ।

थप समाचार

आज आठौं राष्ट्रिय झण्डा दिवस मनाइदैँ

आठौं राष्ट्रिय झण्डा दिवसको भब्य तयारी

सातौं राष्ट्रिय झण्डा दिवसको तयारी पुरा

झण्डा दिवस राष्ट्रियरुपमै मनाउनुपर्नेमा जोड