दाङ १७ जेठ : नेपालको परिचय र पहिचानसँग जोडिएको राष्ट्रिय झण्डालाई सरकारले दिवसको रुपमा मनाउनुपर्ने लुम्बिनी प्रदेशकी सांसद माया पुनले बताएकी छन् ।
लुम्बिनी प्रदेश सभाको बैठकमा उनले अन्र्तराष्ट्रिय स्तरमा नेपालको पहिचान र परिचय बोकेको झण्डालाई नेपालले सम्झिन नसकेको भन्दै दुःख ब्यक्त गरिन् ।
नेपालगन्जमा हरेक नयाँ वर्ष बैशाख १ गतेका दिन नागरिक स्तरबाट झण्डा दिवस मनाउने गरिएको छ । गत वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा आयोजित झण्डा दिवस कार्यक्रममा अतिथीका रुपमा उपस्थित भएकी सांसद पुनले सरकारी स्तरबाट पनि दिवस मनाउन आफुले पहल गर्ने र प्रदेश सभामा यस विषयमा बोल्ने प्रतिवद्धता जनाएकी थिइन् । सोही प्रतिबद्धता अनुरुप उनले प्रदेश सभामा राष्ट्रिय झण्डाको गरिमा, महत्व, महिमा र पहिचानका विषयमा राज्य अनुदार रहेको भन्दै आवाज उठाएकी हुन् ।
सांसद पुनले अर्को प्रसंगमा बोल्दै शैक्षिक शत्र सुरु भएपनि बिद्यार्थीको हातमा पुस्तक र शिक्षकको हातमा पाठ्यक्रम पुग्न नसकेको बताइन् । लुम्बिनीमा कृषि विश्व बिद्यालय स्थापना गर्नुपर्नेमा माग राख्दै सांसद पुनले नेपालगन्जको जमुनाहा नाकाबाट हुने अबैध निकासी तथा पैठारीलाई न्यूनिकरण गर्नुपर्ने धारणा राखिन् ।
‘लुम्बिनी प्रदेश मात्र नभएर राष्ट्रलाई योगदान दिने नाका हो जमुनाहा, यो नाकाबाट चोरीका सामानहरु आइरहेको छ, त्यसलाई न्यूनिकरण गर्नका लागि प्रदेश सरकारमार्फत म संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।
आर्थिक मन्दीका कारणले उद्योग, ब्यापार कमजोर र खुम्चिएको अवस्थामा लुम्बिनी सरकारले ब्यापारीलाई करमा छुुट दिएर राहत प्रदान गर्नुपर्ने सुझाव दिइन् ।
थप समाचार
आज आठौं राष्ट्रिय झण्डा दिवस मनाइदैँ
आठौं राष्ट्रिय झण्डा दिवसको भब्य तयारी
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ