बाँकेमा गर्मी बढेसँगै धमाधम विद्यालय बन्द


बाँकेमा गर्मी बढेसँगै धमाधम विद्यालय बन्द

File Photo

नेपालगन्ज २१ जेठः चर्को घाम र बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि बाँकेका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । पछिल्लो समय बाँकेसहित पश्चिम नेपालको तराईमा गर्मी बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएकोछ ।

गर्मीका कारण काकाकुल भएका पश्चिम नेपालको बाँकेसहितका जिल्लामा प्रचण्ड गर्मीसँगै तातो हावा (लू) चल्दा यहाँको जनजिवन कष्टकर बनेको हो । कक्षा कोठामा विद्यार्थी उकुसमुकुस हुने र बेहोस हुनेसम्मको घटना घट्न थालेपछि शिक्षण संस्था बन्द गर्नुपरेको स्थानीय तहहरूले जनाएका छन् ।

चर्को घाम तातो, हावा र सुक्खा मौसमका कारण कक्षा कोठामै बालबालिका उकुसमुकुस हुने, सुस्त देखिने र पढाइमा ध्यान केन्द्रित गर्न नसकेपछि विद्यालय बन्द गरिएको हो । जिल्लाका अधिकांश विद्यालय भवनमा कर्कटका छाना भएकाले कक्षा कोठामा अत्यधिक गर्मी हुने हुँदा यसको असर बालबालिकाको स्वास्थ्यमा पर्ने गरेकोछ ।

गर्मी बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुराका बिद्यालय बन्द गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समयमा अत्यधिक मात्रामा तातो हावा चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । बिद्यार्थीहरु चर्को गर्मीका बीच पनि बिद्यालय जान बाध्य भइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर, जानकी र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका बिद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत लोकेन्द्रबहादुर शाहीले सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी यही जेठ २१ गते आईतबारदेखी २३ गते मंगलबारसम्म बन्द गरिएको बताए ।

‘अत्यधिक गर्मी भई पठन पाठनमा अत्यधिक कठिनाई भएकोले यस प्रतिकुल मौसमलाई मध्यनजर गरी यस उपमहानगरपालिका अन्तरगत सञ्चालित सम्पूर्ण सामुदायिक (मदरसा समेत) तथा संस्थागत बिद्यालयमा आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी विदा गर्न भनेका छौं,’ उनले भने ।

तर, नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिएपनि आईतबार नेपालगन्ज उपमहानगरपालिकाका संस्थागत विद्यालयहरु सञ्चालनमा आएका थिए । उपमहानगरपालिकाको निर्देशन अवेज्ञा गर्दै सञ्चालनमा आएका ती विद्यालयहरु बन्द गराउन नगरप्रहरी सञ्चालनमा आएका विद्यालय मै पुगी विद्यालय बन्द गराएको थियो ।

जानकी गाउँपालिकाले आईतबारदेखि बिदा गरेको छ । गर्मी बढ्ने क्रम नरोकिएकाले २६ गतेसम्म बिदा दिइएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

यस्तै कोहलपुर नगरपालिकाले सोमबारदेखि २४ गतेसम्मका लागि विद्यालयमा विदा दिएको छ । अन्य पालिकाहरुले पनि बिदा दिने तयारी गरेका छन् ।

बालबालिकाहरुको स्वास्थ्यलाई ध्यान दिएर केहिदिन बिद्यालाय बन्द गरिनु पर्ने अभिभावकहरुले माग गरेका छन् । मौसमविदहरुले गर्मी अझै बढ्ने भन्दै सावधानी अपनाउन अपील गरेका छन् । गर्मीसंगै तातो हावा र लू चल्ने क्रम जारी रहेकाले दिउँसो १२ बजेदेखि ४ बजेसम्मको समयमा घरबाहिर हिँडडुल नगर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

थप समाचार

गर्मीले काकाकुल बाँकेबासी, नेपालगन्ज र खजुराका बिद्यालय बन्द