नेपालगन्ज १ असार : दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतकी छोरी हुन्’ भन्ने गलत संवाद हटाइएको छ ।
बिहीबार मात्र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त संवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिएका थिए ।
उनको चेतावनीपछि ‘आदिपुरुष’ फिल्मबाट निर्माताले ‘सीताकी छोरी हुन्’ संवाद फिल्मबाट हटाएको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ । रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उनीसँग विवाह गरे ।
फिल्ममा यसबाहेक यस्तै अन्य त्रुटि छन् कि छैनन्, त्यो भने हेर्न बाँकी छ ।
फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन् । सैफ अली खान रावणको भूमिकामा छन् ।
यसअघि दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा बिहीबार अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो । सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित (बीप) गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’
शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद प्रस्तुत छ । यो संवादलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक विरोध हुँदै आएको छ ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?