सन्ध्या शाह एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष र एनएसडब्ल्यु राज्य संयोजकको उम्मेद्वार

एनआरएनए चुनावले तातियो अष्ट्रेलिया


सन्ध्या शाह एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष र एनएसडब्ल्यु राज्य संयोजकको उम्मेद्वार

अष्ट्रेलिया २० असार : अष्ट्रेलियामा बस्दै आएकी सन्ध्या शाह गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावमा होमिएकी छन् । यतिखेर अष्ट्रेलियामा एनआरएनएको चुनावी माहोल तातिएको छ । प्यानलबाट आधिकारीक टिकेट पाएका पनि उम्मेद्वार बनेका छन् भने टकेट नपाएका पनि विद्रोही उम्मेद्वार उठेका छन् ।

१४ बर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी बाँके जिल्ला निवासी सन्ध्या शाह यहि एनआरएनएको चुनावी मैदानमा उत्रिएकी छन् । एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष र ( एन.एस.डब्ल्यू राज्य संयोजक) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै शाह चुनावमा होमीएकी हुन् । शाह हाल एनआरएनए अष्ट्रेलियाको सचिव छन् । उनी प्रजातान्त्रिक प्यानलबाट उठेकी आधिकारीक उम्मेद्वार हुन् । कुशल र प्रष्टवक्ता शाह अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेकी छन् ।
अष्ट्रेलियामा बसेका नेपालीलाई मात्र सहयोग होइन नेपालमा भुकम्प जाँदा होस् वा कोरोना फैलिएको बेला होस नेपालका कुनाकाप्चामा समस्यामा परेकालाई सहयोग गर्दै आएकीछन् शाह । त्यसैले उनलाई स्वदेश तथा विदेशमा बसेका नेपालीहरुले मनमा राख्दै आएकाछन् । अष्ट्रेलिया उपाध्यक्ष र एनएसडब्ल्यु संयोजग पदमा उठेकी सन्ध्या शाहलाई जिताउनु पर्छ भन्दै यहाँ बसोबास गर्ने नेपालीको ठुलो तप्का कम्मर कसेर लागेको छ ।

‘मैले प्रवासमा रहदै गर्दा अन्तर मनले विश्वाश गरेको संस्था एनआरएनए हो र मन वचन अनि कर्मले सन् २००९ विगत १४ वर्ष देखि नै आफुलाई समाहित गर्दै आएको पनि छ’ु सन्ध्याले सेतोखरीसँग भनिन् ‘नेपालीलाई परेको समस्यामा म कहिल्यै पछाडी हटेकी छैन र हटदिन पनि । जति सक्छु सेवा गर्छु, गरिरहने छु ।’

उनले यस पवित्र संस्था एन आर एन अस्ट्रेलियाले आफ्नो स्थापना कालदेखि प्रवासी नेपालीको हकमा र मातृभूमिको लागि पनि अतुलनिय काम गर्दै आइरहेको बताइन् । ‘स्वदेशमा होस वा विदेशमा नेपालीले समस्या पर्यो भनेपछि हामीले हरेक तरिकाले सहयोग गर्दै आइरहेका छौं । सन्ध्याले विभिन्न घटनामा सहयोग गरेको औंल्याउँदै भनिन् ।’

Kids Festival 2022
kanti aarogya hospital

सन्ध्यालाई एनआरएनएमा रहेर काम गरेको लामो अनुभव छ । उनी अष्ट्रेलिया नारी निकुन्जको सदस्य हुँदै एनएसडब्ल्यु राज्य समितीको महिला संयोजक, राष्ट्रिय संयोजक भएर काम गरिसकेको र हाल एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय सचिव रहेकी छन् ।