एनआरएनए चुनावले तातियो अष्ट्रेलिया
अष्ट्रेलिया २० असार : अष्ट्रेलियामा बस्दै आएकी सन्ध्या शाह गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावमा होमिएकी छन् । यतिखेर अष्ट्रेलियामा एनआरएनएको चुनावी माहोल तातिएको छ । प्यानलबाट आधिकारीक टिकेट पाएका पनि उम्मेद्वार बनेका छन् भने टकेट नपाएका पनि विद्रोही उम्मेद्वार उठेका छन् ।
१४ बर्षदेखि अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी बाँके जिल्ला निवासी सन्ध्या शाह यहि एनआरएनएको चुनावी मैदानमा उत्रिएकी छन् । एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष र ( एन.एस.डब्ल्यू राज्य संयोजक) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै शाह चुनावमा होमीएकी हुन् । शाह हाल एनआरएनए अष्ट्रेलियाको सचिव छन् । उनी प्रजातान्त्रिक प्यानलबाट उठेकी आधिकारीक उम्मेद्वार हुन् । कुशल र प्रष्टवक्ता शाह अप्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेकी छन् ।
अष्ट्रेलियामा बसेका नेपालीलाई मात्र सहयोग होइन नेपालमा भुकम्प जाँदा होस् वा कोरोना फैलिएको बेला होस नेपालका कुनाकाप्चामा समस्यामा परेकालाई सहयोग गर्दै आएकीछन् शाह । त्यसैले उनलाई स्वदेश तथा विदेशमा बसेका नेपालीहरुले मनमा राख्दै आएकाछन् । अष्ट्रेलिया उपाध्यक्ष र एनएसडब्ल्यु संयोजग पदमा उठेकी सन्ध्या शाहलाई जिताउनु पर्छ भन्दै यहाँ बसोबास गर्ने नेपालीको ठुलो तप्का कम्मर कसेर लागेको छ ।
‘मैले प्रवासमा रहदै गर्दा अन्तर मनले विश्वाश गरेको संस्था एनआरएनए हो र मन वचन अनि कर्मले सन् २००९ विगत १४ वर्ष देखि नै आफुलाई समाहित गर्दै आएको पनि छ’ु सन्ध्याले सेतोखरीसँग भनिन् ‘नेपालीलाई परेको समस्यामा म कहिल्यै पछाडी हटेकी छैन र हटदिन पनि । जति सक्छु सेवा गर्छु, गरिरहने छु ।’
उनले यस पवित्र संस्था एन आर एन अस्ट्रेलियाले आफ्नो स्थापना कालदेखि प्रवासी नेपालीको हकमा र मातृभूमिको लागि पनि अतुलनिय काम गर्दै आइरहेको बताइन् । ‘स्वदेशमा होस वा विदेशमा नेपालीले समस्या पर्यो भनेपछि हामीले हरेक तरिकाले सहयोग गर्दै आइरहेका छौं । सन्ध्याले विभिन्न घटनामा सहयोग गरेको औंल्याउँदै भनिन् ।’
सन्ध्यालाई एनआरएनएमा रहेर काम गरेको लामो अनुभव छ । उनी अष्ट्रेलिया नारी निकुन्जको सदस्य हुँदै एनएसडब्ल्यु राज्य समितीको महिला संयोजक, राष्ट्रिय संयोजक भएर काम गरिसकेको र हाल एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय सचिव रहेकी छन् ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल