एनआरएनए अष्ट्रेलियाको टास्क फोर्स गठन


सेतोखरी सेतोखरी   बिहीबार, माघ ११, २०८०
एनआरएनए अष्ट्रेलियाको टास्क फोर्स गठन

अष्ट्रेलिया ११ माघ : एनआरएनए अष्ट्रेलियाको टास्क फोर्स गठन भएको छ । एनआरएनए आष्टेलियाले पश्चिम अष्ट्रेलियाबाट विभिन्न पदमा ६ जनालाई बुधवार एक कार्यक्रमका विच मनोनित गरेको हो ।

पश्चिम अष्ट्रेलियाबाट मनोनित हुने पदाधिकारीहरुमा नेपाल टाक्स फोर्स फेस्टिभलमा बिशाल पौडेल, एशोसियशन अफ नेप्लीज अर्गनाइजेशन्स इन अष्टेलिया कमिटीमा समुन्द्र पुरी, स्पोर्टस कोर्डिनेटरमा सन्तोष थापा रहनु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी अष्ट्रेलिया नेपाल बिजनेश काउन्सिल कमिटीमा विश्वास पौडेल, स्टुडेन्ट सपोर्ट कमिटीमा पुजन पोखरेल र एससिसि युथ एड्भाइजरमा सुविन वाग्ले मनोनित हुनु भएको छ । वहाँहरुलाई एक कार्यक्रमका बिच खादा ओढाएर मनोनित गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । 

पश्चिम अष्ट्रेलियामा एनआरएनएले सक्रिय पूर्वक आफ्ना गतिविधि अगाडी बढाइरहेको छ ।