नेपालगन्ज १४ माघ : जागिर गर्ने, घुम्ने, खाने अनि रमाउने यति पाएपछि को खुशी हुँदैन र । सबैको इच्छा, चाहना पनि त्यहि नै हुन्छ । हातमा पैसा छ र साथीभाई, परिवारसँग रमाउन पायो भने खुशी नहुने कुरा नै भएन ।
तर यहाँ एक जना यस्ती नर्स हुनुहुन्छ जो जागिर गर्ने, घुम्ने, रमाएर प्राप्त हुने खुशी भन्दा अरुको सेवा गर्दा बढी खुशी हुनुहुन्छ । वहाँले जागिर अनि आफ्नो परिवारलाई दिएर बचेको समयलाई अरुको सेवामा सर्मपित गर्नु हुन्छ ।
वहाँ हुनुहुन्छ नेपालगन्जकी सुमन गिरी । पेशाले नर्स । २० बर्ष भइसक्यो वहाँले नर्सिङ् पेशा अंगालेको । निडर, बोल्न नहिच्किचाउने, मनमा लागेको कुरा बोली हान्ने सुमनको स्वभाव हो ।
नर्सिङ्मा स्नाकोत्तर गरिसक्नु भएकी सुमन त्यतिखेर खुशी हुनुहुन्छ, जतिखेर अरुको सेवा गर्न पाउनु हुन्छ । ‘अरुको सेवामा नै मेरो खुशी छ । जब म विरामी होस् वा अप्ठेरोमा परेको मान्छेको सेवा गर्न पाउँछु र मैले गरेको सहयोगले वहाँ खुशी हुनुहुन्छ अनि म आफै खुशी हुन्छु ।’ नर्स सुमनले सेतोखरीसँग भन्नु भयो ।
नर्स सुमन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ । तर वहाँले अरुको दुःख देख्न सक्नु हुन्न । वहाँ अहिले क्यान्सर सम्बन्धि जनचेतना जगाउँदै हिंडनु भएको छ ।
नेपालमा क्यान्सरले विकराल रुप लिन थालेपछि क्यान्सरबाट कसरी जोगिन सकिन्छ, क्यान्सर भएको कसरी थाहा पाउने आदि बारे विभिन्न स्कूलहरुमा गइ जनचेतना जगाइरहनु भएको छ ।
नर्स सुमनले अहिलेसम्म बाँकेको राँझामा रहेको हिमालयन स्कूलको शिक्षक र विद्यार्थी तथा नेपालगन्जका क्यासिनो कर्मचारीलाई क्यानसर बारे जानकारी गराउनु भएको छ । ‘क्यान्सरबाट बालबालिका र ब्रेस्ट क्यान्सर महिलाहरुमा धेरै देखिरहेको छ । त्यसैले म लगाएको टिमले बालबालिका र महिलाको ब्रेस्ट क्यान्सरलाई फोकस गरेर हिंडेका छौं ।’ सुमनले आफुले गरेको कामको बेलिबिस्तार लगाउनु भयो ।
त्यति मात्र होइन सुमनले बाँकेमा मातृमृत्युदर उच्च रहेकाले आर्थिक अवस्था दयनिय भएका, पिछडिएको वस्तीमा गइ गर्भवती, सुत्केरी र बच्चाको हेरचाह कसरी गर्ने भन्ने बारे जनचेतना जगाउने काम पनि गर्नु भएको छ ।
उपमाहानगरपालिका भएपनि हरेक कुराले निकै पिछडिएको नेपालगन्ज १७ मा अवस्थित थाकेला वस्तीमा गइ गर्भवती तथा सुत्केरी ३० जनालाई अण्डा लगाएत विभिन्न सामाग्री प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाको चेकजाँच पनि गरेको सुमनले बताउनु भयो ।
समाजसेवामा किन लाग्नु भएको भनि सेतोखरीले सोधेको प्रश्नमा नर्स सुमनले भन्नु भयो ‘सबै भन्दा ठुलो कुरा सन्तुष्टि हो । मलाई समाजसेवा गर्न मन पर्छ, खुशी लाग्छ ।’ समाजसेवा लाग्ने प्ररणा आफुले आमाबाट पाएको सुमनले बताउनु भयो ।
वहाँ लायन्स क्लव अफ एभरेष्ट, मानवता नेपाल लगायत सामाजिक सामाजिक संघ संस्थामा काम गर्नु हुन्छ ।
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन