खजुराको क्यान्सर अस्पतालमा आगलागी


सेतोखरी सेतोखरी   आइतबार, चैत १८, २०८०
खजुराको क्यान्सर अस्पतालमा आगलागी

File Photo

नेपालगन्ज १८ चैत्र : बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अस्पतालमा रहेको सिटी स्क्यान कक्षमा आगलागी भएको हो ।

अस्पतालमा रहेको सिटी स्क्यान रुमबाट आईतबार दिउँसो साढे चार बजे धुवाँको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको अस्पतालका मेसु डाक्टर प्रकाश साहले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

आगलागीबाट सिटी स्क्यान लगायतको मेसिन, उपकरण लगायतमा क्षति पुगेपनि मानवीय क्षती भने हुन पाएन । सिटि स्क्यान र विरामी बस्ने ब्लक फरक रहेकाले मानवीय क्षती नभएको हो ।

आगलागिबारे जानकारी गराए पनि दमकल समयमा पुग्न नसकेपछि सुरक्षाकर्मी, स्थानीय र अस्पतालका कर्मचारीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । आगलागिको कारण र क्षति कति भएको भन्ने अझैं टुङ्गो लागेको छैन ।