File Photo
नेपालगन्ज १८ चैत्र : बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अस्पतालमा रहेको सिटी स्क्यान कक्षमा आगलागी भएको हो ।
अस्पतालमा रहेको सिटी स्क्यान रुमबाट आईतबार दिउँसो साढे चार बजे धुवाँको मुस्लो निस्किएपछि आगलागी भएको थाहा पाएको अस्पतालका मेसु डाक्टर प्रकाश साहले बताए ।
आगलागीबाट सिटी स्क्यान लगायतको मेसिन, उपकरण लगायतमा क्षति पुगेपनि मानवीय क्षती भने हुन पाएन । सिटि स्क्यान र विरामी बस्ने ब्लक फरक रहेकाले मानवीय क्षती नभएको हो ।
आगलागिबारे जानकारी गराए पनि दमकल समयमा पुग्न नसकेपछि सुरक्षाकर्मी, स्थानीय र अस्पतालका कर्मचारीहरुले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । आगलागिको कारण र क्षति कति भएको भन्ने अझैं टुङ्गो लागेको छैन ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?