आज राजा ज्ञानेन्द्र नेपालगन्ज आउँदै


सेतोखरी सेतोखरी   बुधबार, चैत २१, २०८०
आज राजा ज्ञानेन्द्र नेपालगन्ज आउँदै

File Photo

नेपालगन्ज २१ चैत्र : राजा ज्ञानेन्द्र शाह नेपालगन्ज आउने भएकाछन् । कर्णाली प्रदेशको जुम्ला लगायत ठाउँहरुमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन राजा ज्ञानेन्द्र नेपालगन्ज आउने भएका हुन् । 

राजा ज्ञानेन्द्र काठमाण्डौंदेखि बुधबार दिउँसो ३ बजेको जहाजबाट नेपालगन्ज आइपुग्नेछन् । बुहारी हिमानी बाहेक रानी कोमल र छोरीहरुका साथ उनी नेपालगन्ज आउन लागेका हुन् । उनी नेपालगन्जमा बसेर यस क्षेत्रका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने बताइएकोछ ।

राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाका अनुसार बुधबार ३ बजे नेपालगन्ज आइपुग्ने राजा शाह चैत्र २४ गते जुम्लामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुनेछन् । 

राजा ज्ञानेन्द्र नेपालगन्जमा करिब दुई हप्ता बस्ने कार्यक्रम रहेकोछ । सोक्रममा नेपाली नयाँ वर्ष २०८१ समेत उनले यतै मनाउनेछन् । उनी नेपालगन्जको भुजई गाउँस्थित होटल सोल्टीमा बस्नेछन् । 

Kids Festival 2022
kanti aarogya hospital

यसअघि गत वैशाख २० गते बाँकेको नेपालगन्जमा गरिएको नागरिक अभिनन्दनका क्रममा उनी छोरा पारस बाहेक स–परिवार नेपालगन्ज आएका थिए । सो बेला पश्चिम नेपालकै प्रशिद्ध मन्दिर नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा सुरु भएको साप्ताहिक ‘महाआरती’मा राजपरिवारको सहभागिता भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजा ज्ञानेन्द्रले भने –‘नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भयो’

राजा ज्ञानेन्द्रले भने–‘राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुटौं’