नक्कली भुटानी शरणार्थी प्रकरणमा राजा ज्ञानेन्द्रले भने –‘नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भयो’


नक्कली भुटानी शरणार्थी प्रकरणमा राजा ज्ञानेन्द्रले भने –‘नेताहरूको हर्कतले देशको इज्जत र गौरव लोप भयो’

नेपालगन्ज ८ जेठ : राजा ज्ञानेन्द्र शाहले नक्कली भुटानी शरणार्थी प्रकरणले सोझासाझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च अब खुल्दै गएको बताएका छन् ।

सोमबार धनगढीमा भएको उनको नागरिक अभिनन्दनमा सम्बोधन गर्दै राजा शाहले उच्च तहका नेताहरूको यस्तो हर्कतले देशको इज्जत र गौरव लोप भएको बताए ।

उनले भने– नेपाली जनतालाई आफ्नो भू–भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देशमै पसिना बगाऔं र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ ।

उनले के नयाँ नेपाल भनेको यही हो ? भनी प्रश्न पनि गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘के अग्रगामी भनेको परालम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर, आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?’ राजा ज्ञानेन्द्रले भने, ‘यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ ।’

शाह पछिल्लो समय भारतको उत्तर प्रदेशको भ्रमण सकेर नेपाल फर्किएका हुन् । लखनऊ जानुअघि उनको नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको थियो ।

उत्तर प्रदेशमा हुँदा राजा ज्ञानेन्द्रले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए ।

यतिबेला राजा ज्ञानेन्द्र पश्चिम नेपालको एक महिने भ्रमण गरिरहेकाछन् । बाँकेको नेपालगन्ज भुजईगाउँस्थित सोल्टी होटलमा बसेर ज्ञानेन्द्रले पश्चिम नेपालको भ्रमण गरिरहेका हुन् । उनीसगँ रानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत राजपरिवार रहेकाछन् ।

यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उनको नागरिक अभिनन्दन गरिदैँछ । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर प्राङ्गणमा राजा ज्ञानेन्द्रको नागरिक अभिन्दन गरिने राप्रपाका महामन्त्री एवम प्रतिनिधि सभाका सांसद डाक्टर धवल शम्सेर राणाले सेतोखरीलाई जानकारी दिए ।

थप समाचार

राजा ज्ञानेन्द्रले भने–‘राष्ट्रको पुरानो गौरव फर्काउन सबै जुटौं’

महाआरतीमा राजपरिवार सहभागि, बागेश्वरीमा श्रद्धालुले ठूलो भिड

महाआरतीमा राजापरिवार सहभागि हुँदै, भव्य तयारी

नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो

एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

 बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ