ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी


सेतोखरी सेतोखरी   बुधबार, चैत २१, २०८०
ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

नेपालगन्ज २१ चैत्र : ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । तर, मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार चार जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् ।

बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण जनाएकोछ । त्यसपछि पनि भूकम्पका साना ठूला झड्का महसुस भएका थिए । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ ।

भूकम्पपछि ताइपेका केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा केही भवनहरू भत्किएको देखिन्छ ।

भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ । फिलिपिन्सको भूकम्प मापन निकायले पनि सूनामीको चेतावी जारी गरेको छ । 

बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो । यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।
भूकम्पले पु¥याएको क्षतिको विवरण आउन बाँकी छ ।