बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति युनियन, चौतारी,  सेन्टर र प्रगतिशिलले निकाले प्रेस विज्ञप्ती


सेतोखरी सेतोखरी   शुक्रबार, चैत २३, २०८०
बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति युनियन, चौतारी,  सेन्टर र प्रगतिशिलले निकाले प्रेस विज्ञप्ती

नेपालगन्ज २३ चैत्रः नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति बाँकेका विभिन्न पत्रकारका संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएकाछन् ।

नेपाल प्रेस युनियन, बाँके, प्रेस चौतारी नेपाल, बाँके, प्रेस सेन्टर नेपाल, बाँके, प्रगतीशिल पत्रकार संघ, बाँकेले शुक्रबार संयुक्तरुपमा एक विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

यो पनि पढ्नुहोस्: बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा

‘आफुसँग सम्बन्धित समाचार प्रकाशित भएको बिषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाईनका सम्पादक  भण्डारीलाई समाचार रोक्न धम्क्याएका छन् ।’ विज्ञप्तीमा अगाडी लेखिएकोछ–‘कानून कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन व्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता बिर्सिएर समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतङ्कित पार्ने कार्यको हामी कडा शब्दमा भत्सर्ना गर्दछौं ।’

Kids Festival 2022
kanti aarogya hospital

यो पनि पढ्नुहोस्: तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’

‘सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानूनी उपचारमा जान सकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको कडा शब्दमा निन्दा गर्दछौं’ विज्ञप्तीमा भनिएकोछ ।

यो पनि पढ्नुहोस्: समाचार नछाप्न भन्दै बाँके एसपी बोहराले सम्पादक भण्डारीलाई धम्की दिए

विज्ञप्तीमा भनिएकोछ–‘समाचार प्रकाशनका बिषयलाई लिएर दादागिरी शैलीमा पत्रकार धम्क्याउने प्रहरी उपरीक्षक बोहरालाई तत्काल कारबाही गर्न र यसरी पछिल्लो समय बाँकेमा पत्रकारमाथि निरन्तर भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन एवं सरकारसँग जोडदार माग गर्दछौँ ।’ 

यो पनि पढ्नुहोस्: बाँके प्रहरी अबैध रकम असुली धन्दामा, तस्करी र अवैध आयात ह्वात्तै बढ्यो

‘अन्यथा संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मानको पक्षमा र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने छौं ।’ नेपाल प्रेस युनियन, बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल, बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर नेपाल, बाँके अध्यक्ष राजेश आचार्य र प्रगतीशिल पत्रकार संघ, बाँकेका संयोजक तिलक गाउँलेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा भनिएकोछ ।