माउन्टेन फ्लाइटले बढ्यो कैलाश मानसरोवरको दूरदर्शन गर्ने पर्यटक


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख ४, २०८१
माउन्टेन फ्लाइटले बढ्यो कैलाश मानसरोवरको दूरदर्शन गर्ने पर्यटक

नेपालगन्ज ४ वैशाख : माउन्टेन फ्लाइटका कारण नेपालगन्जमा पर्यटकको संख्या ह्वात्तै बढेर आएकोछ । नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवरको दूरदर्शनको व्यवस्था मिलाइएपछि पर्यटक नेपालगन्ज आउनेक्रम बढेको हो ।

नेपालगन्जबाट कैलाश मानसरोवर दर्शन गराउने उद्देश्यका साथ सुरु गरिएको माउण्टेन फ्लाइटको प्रचारप्रसार बढ्दै जाँदा भारतीय पर्यटक आउनेक्रम बढेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
1632747497Indian_tourist_npj.jpg
माउन्टेन फ्लाइटबाट कैलाश मानसरोवर दूरदर्शन हुने भएपछि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउनेक्रम बढेको उनले बताए । आज मंगलबार मात्रै २५० बढी भारतीय दर्शनार्थी कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्ज पुगेको हान बाँकेका उपाध्यक्ष केशव न्यौपानेले जानकारी दिए ।

यो पनि पढ्नुहोस् कैलाश मानसरोवर दर्शनका लागि नेपालगन्जबाट माउन्टेन फ्लाइट

कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन । कोरोना संक्रमण सुरु हुनुअघि नेपालगञ्जबाट सिमकोट हिल्सा हुँदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मानसरोवरको दर्शन गर्दै आएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

माउन्टेन फ्लाइटमार्फत् कैलाश मानसरोवर दूरदर्शनको अझैँ पनि भारतमा धेरै प्रचार–प्रसार हुन नसकेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताउँछन् ।

अझैं यो महिनामा धेरैजना भारतीय पर्यटक नेपालगन्ज पुग्ने जानकारी विभिन्न पर्यटन व्यवसायीद्वारा जानकारी पाएकाले आफूहरु निकै उत्साहित बनेको होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताए ।

यो पनि पढ्नुहोस् कैलाश मानसरोवर दर्शन गर्न आएका भारतीय पर्यटकलाई सीमामै स्वागत

दुई वर्षअघि नेपालगन्जमा सम्पन्न वेस्टर्न ट्राभल मार्ट अवसरमा माउन्टेन फ्लाइट गर्ने सुनिश्चित गरिएको थियो । तर, गत वर्ष माघमा मात्रै माउन्टेन फ्लाइटबाट कैलाश मानसरोवरको दर्शन सुरु गरिएको थियो ।

सवा घण्टाको माउन्टेन फ्लाइटबाट एउटै दृश्यमा कैलाश पर्वत र मानसरोवर तालको दूरदर्शन गराइन्छ । वैशाखदेखि असारसम्म कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ । असोज महिनासम्म पनि त्यहाँ जाने पर्यटकहरूको चहलपहल देखिन्छ ।