बृहत योग विज्ञान शिविरमा सर्वसाधरणको उल्लासमय उपस्थिती


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख १८, २०८१
बृहत योग विज्ञान शिविरमा सर्वसाधरणको उल्लासमय उपस्थिती

नेपालगन्ज १८ वैशाखः नेपालगन्जको रामलिला मैदानमा आजदेखि सुरु भएको पाँच दिने निःशुल्क बृहत योग विज्ञान शिविरमा सर्वसाधरणको उल्लासमय उपस्थिती रह्यो ।

पतंजली योग समिति बाँकेको आयोजनामा नेपालगन्जको रामलिला मैदानमा मंगलबारबाट निःशुल्क योग शिविर सञ्चालन गरिएको हो । पतंजली योग समितिका अध्यक्ष हरपाल सिंहका अनुसार शिविर यही बैशाख २२ गतेसम्म सञ्चालन हुनेछ ।

शिविर हरेक दिन बिहान ५ बजेदेखी ७ बजेसम्म सञ्चालन हुने सिंहले बताए । शिविरमा आयुर्वेदिक डाक्टरबाट निःशुल्क स्वास्थ्य परिक्षणको सुविधा राखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँके र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयुर्वेद डाक्टरद्धारा निःशुल्क स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

शिविर हरेक दिन बिहान ५ बजेदेखी ७ बजेसम्म सञ्चालन भइरहेकोछ । आवश्यक भएका ब्यक्तिहरुलाई बिहान ७ बजेदेखी ८ बजेसम्म पनि आयुर्वेदिक डाक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा राखिएको छ । शिविरलाई पतंजली योगपीठ हरिद्धार र पतंजली योगपीठ नेपालका प्रखर योगगुरु तथा प्रशिक्षकहरुले सञ्चालन तथा सहजीकरण गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

Yog_npj_sibir-1714472642.jpg
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँके र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयुर्वेद डाक्टरद्वारा निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा रहेको अध्यक्ष सिंहले बताए । शिविरमा योग गर्नका लागि विछ्याउने म्याट तथा कार्पेटको ब्यवस्था आयोजकले नै गर्ने जनाएको छ । योगमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित लगायत सम्पूर्ण शारिरीक रोगहरु निको पार्न सकिने विश्वास गरिन्छ ।

यस्तै मोटोपन, मधुमेह, कोलस्ट्रोल, कब्जियत, दम, एलर्जी, माईग्रेन, ब्लडप्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारिरीक विकार नष्ट गर्न सकिने योग प्रशिक्षक बताउँछन् । यस्तै शारिरीक प्रतिरोधक क्षमतामा बृद्धि हुने तथा सकारात्मकता र उत्साहले भरिपूर्ण जीवन जिउने कला विकास हुने विश्वास गरिएको छ ।

पतंजली योग समिति बाँकेका महासचिव वीरबहादुर हमालका अनुसार पाँच दिवसीय बृहत योग विज्ञान शिविरमा मुख्य केन्द्रिय प्रभारी लवदेव, महिला केन्द्रीय प्रभारी साध्वी देवादिती, युवा केन्द्रीय प्रभारी साध्वी देवविजया, पतंजली नेपाल सेवा आश्रमकी प्रमुख साध्वी देवकृपा र प्रशिक्षण विभाग प्रमुख लुम्बिनी प्रदेशका दिपक बस्यालले प्रशिक्षण दिनेछन् ।

यो पनि पढ्नुहोस्  नेपालगन्जमा हुने पाँच दिने बृहत योग विज्ञान शिविरको तयारी पुरा