आफ्नै ‘मापदण्ड’ लत्याउँदै उपमहानगरपालिका, मनपरी शुल्क उठाउने स्कुललाई कारबाही भएन


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख १८, २०८१
आफ्नै ‘मापदण्ड’ लत्याउँदै उपमहानगरपालिका, मनपरी शुल्क उठाउने स्कुललाई कारबाही भएन

नेपालगन्ज १८ वैशाखः नेपालगन्जका बोर्डिङ स्कुलको नियमन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाको ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०८० लागु छ । उक्त निर्देशिकाको परिच्छेद १० को अनुसूचि २ मा संस्थागत विद्यालय(बोर्डिङ स्कुल)ले लिन पाउने शुल्कबारे केही कुरा खुलाइएको छ । उक्त मापदण्ड अनुसार विद्यालयमा विद्यार्थी पहिलो पटक भर्ना हुँदा भर्ना शुल्क एक महिनाको मासिक शुल्क बराबर लिन पाइनेछ । 

यो पनि पढ्नुहोस् नेपालगन्जका बोर्डिङ स्कुलले मनपरी रुपमा शुल्क उठाउँदै, उपमहानगरपालिका मौन

यस्तै विद्यालयले मासिक पढाई शुल्क, कुल २ महिना बराबर नबढ्ने गरी वार्षिक शुल्क–अतिरिक्त, प्रयोगशाला मर्मत, पुस्तकालय र प्राथमिक उपचार शुल्क लिन पाउने भनिएको छ । यसैगरी अनुसूचिकै विविधमा कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, आवाश शुल्क, परिवहन, भोजन, विशेष प्रशिक्षण(जुडो, पौडि, गायन, नृत्य) र धरौटी वापत एक महिनाको मासिक शुल्क बराबर लिन पाउने ब्यवस्था गरिएको छ । 

यो पनि पढ्नुहोस् नेपालगन्जमा बोर्डिङ स्कुलद्वारा मनपरी शुल्क असुल्ने काम रोकिएन, समितिकै सदस्य संलग्न

Kids Festival 2022
kanti aarogya hospital

यस बाहेक बोर्डिङ स्कुलले अन्य कुनैपनि शुल्क लिन नपाउने मापदण्ड तथा निर्देशिकामा खुलाइएको छ । तर, आफ्नै मापदण्ड लत्याउँदै उपमहानगरपालिकाले थप शुल्क लिन पाउने गरी बोर्डिङ स्कुललाई ‘मलजल’ गरेको पाइएको छ । संस्थागत बिद्यालयका सञ्चालकलाई बोलाएर आफ्नै मापदण्ड विपरित उपमहानगरपालिकाले थप शुल्क असुल्न सहजीकरण गरिदिएको हो । 

उपमहानगरपालिकाले खेलकुद गतिविधि र एसी चलाउने स्कुलका लागि बिद्युत शुल्क लिन पाउने गरी बाटो सहज गरिदिएको हो । उपमहानगरपालिकाले लागु गरेको मापदण्ड तथा निर्देशिकामा भने यि दुबै शुल्क लिन पूर्णतया निषेध गरिएको छ । बिद्यार्थीलाई खेलकुद गतिविधि सिकाउने र एसीमा राख्ने निहुँमा केही स्कुलले चर्को शुल्क असुली रहेका बेला उपमहानगरपालिकाको यो निर्णयले स्कुललाई राहत मिलेको छ, भने अभिभावकको ढाँड सेकिएको छ । 

यो पनि पढ्नुहोस् नेपालगन्जका विद्यालयहरुको वर्गीकरणसंगै तोकियो शुल्क

केही स्कुलले समग्र बिद्युत महसुल असुल्ने माध्यम ‘एसी’ लाई बनाएका छन् । स्कुलले प्रत्येक बिद्यार्थीबाट ३ सय रुपैयाँ उक्त शुल्क असुलेका छन् । स्कुलले असुल्दै आएको एसीको शुल्क ३ सय रुपैयाँलाई उपमहानगरपालिकाले अहिले बैधता दिएको हो । त्यस्तै मापदण्ड विपरित परिचयपत्र वापतको रकम पनि अधिकतम २ सय ५० रुपैयाँ लिन पाउने गरी उपमहानगरपालिकाले स्कुललाई सुविधा दिएको छ । उपमहानगरपालिकाले हालै नेपालगन्जका स्कुललाई क, ख र ग बर्गमा बर्गिकरण गरेर शुल्क निर्धारण गरेको छ । शुल्क निर्धारणले पनि थप मर्का पारेको अभिभावकको गुनासो छ । 

npj_shulk_mapdand_2081-1714471846.jpg
उपमहानगरपालिकाले ‘क’ बर्गका विद्यालयले आधारभूत तहमा अधिकतम मासिक शुल्क ४ हजार ५ सय र माध्यमिक तहमा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने, ‘ख’ बर्गका विद्यालयले आधारभूतमा ३ हजार ७ सय ५० र माध्यमिक तहमा ४ हजार ६ सय तथा ‘ग’ बर्गका विद्यालयले आधारभुत तहमा ३ हजार र माध्यामिक तहमा ३ हजार ७ सय ५० रुपैयाँ मासिक शुल्क लिन पाउने गरी निर्धारण गरेको छ । 

उपमहानगरपालिकाले निर्धारण गरेको शुल्कले बोर्डिङ स्कुललाई नै मलजल गरेको स्थानीय अभिभावक चन्द्र सुवेदीले बताए । ‘उपमहानगरपालिकाले बर्गिकरण गरेको ‘क’ वर्गकै स्कुलमा पढाइरहँदा मैले छोराको लागि मासिक शुल्क ३ हजार ५ सय तिर्नुपर्ने थियो, जब उपमहानगरपालिकाले शुल्क निर्धारण गर्यो, अब मैले छोराको लागि मासिक ५ हजार ५ सय तिर्नुपर्ने भयो,’ उनले भने ‘उपमहानगरपालिकाको निर्णय बोर्डिङ स्कुलका लागि राम्रो हतियार बन्यो ।’

npj_private_school_fee_2081-1714141821.jpg
यो समस्या उपमहानगरपालिका क्षेत्रका अधिकांस स्कुलमा देखिन्छ । स्कुलले मनपरी शुल्क उठाएका छन् । मनपरी शुल्क उठाउन थालेपछि अभिभावकहरु मर्कामा परेका छन् । अधिकांस संस्थागत बिद्यालयले विभिन्न शिर्षकमा शुल्क उठाएको पाइएको छ । बिद्यालयले वार्षिक र मासिक शुल्क, आइडी कार्ड, कम्प्युटर, डायरी लगायत शिर्षकबाट अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुलेको पाइएको छ । संस्थागत बिद्यालयले अधिकांस अभिभावकलाई ‘जेनेरेटर’ र ‘एसी’ चलाएको भन्दै शुल्क असुलेका छन् । 

उपमहानगरपालिकाले संस्थागत(बोर्डिङ स्कुल) बिद्यालयको झनै मनोवल झन् बढ्ने खालका निर्णय गरेको अभिभावक शेर बहादुर रौलेको गुनासो छ । अभिभावकको ढाँड सेक्ने गरी शुल्क असुल्नेमा नेपालगन्जका शक्तिशाली ब्यक्तिकै बिद्यालय रहेको अभिभावक बताउँछन् । 

‘बोर्डिङ स्कुलले हरेक वर्ष विभिन्न बहानामा शुल्क बढाउँदै आएका छन्, यस वर्ष त उपमहानगरपालिकाको शिक्षा समिति आफैले शुल्क तोकिदियो, बोर्डिङ स्कुलका लागि यो झनै बहाना गर्ने माध्यम बन्यो,’ अभिभावक रमेश ज्ञवालीले भने । उपमहानगरपालिकाको शुल्क निर्धारण नै अभिभावकलाई मर्का पार्ने खालको भएको उनीहरुको गुनासो छ ।  उपमहानगरपालिकाले भने शुल्क सम्बन्धी मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिइएको जनाएको छ । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख थापाले संस्थागत बिद्यालयको हकमा आधारभुत र माध्यामिक तहका लागि अधिकतम शल्क तोकेको बताए । तोकिएकोभन्दा बढी शुल्क असुलेको पाइएमा कारबाही गरिने सुनाए । 

नगर प्रमुख प्रशान्त बिष्टले बोर्डिङ स्कुललाई ११ बुँदे निर्देशन दिइएको बताए । ‘११ बुँदा बाहेकका शीर्षक र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा त्यस्ता स्कुललाई ५० हजार रुपैयाँ जरिवाना गर्छौ,’ उनले भने ।

School_anugaman_npj-1713877067.jpg