प्रधानमन्त्रीले भने ‘बाँके सिडियोलाई गृहमन्त्रालयमै नराख्नु’

सिडियो पोखरेल नेपालगन्जबाट सुटुक्क गए, जिल्ला प्रशासन कार्यालय बाँकेको अफिसियल पेज दुरुपयोग गरे


सेतोखरी सेतोखरी   सोमबार, वैशाख ३१, २०८१
प्रधानमन्त्रीले भने ‘बाँके सिडियोलाई गृहमन्त्रालयमै नराख्नु’

नेपालगन्ज ३१ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला प्रशासन कार्यालय बाँकेका सिडियो श्रवणकुमार पोखरेललाई गृहमन्त्रालयमै नराख्न निर्देशन दिएकाछन् । 

बाँके जिल्लामा सिडियो रहँदा हरेक कुरामा विवादित हुँदै आएको सांसद, नेताहरुलाई दुव्र्यवहार गरेको, तस्करी, हत्या भइरहँदा पनि शान्ति सुरक्षा कायम गराउन नसकेको लगायतका गुनासो पुगेपछि प्रधानमन्त्री प्रचण्डले बाँके सिडियो पोखरेललाई सिडियोबाट तत्काल हटाउँन र गृहमन्त्रालयमै नराख्न निर्देशन दिएको गृहमन्त्रालयको उच्च स्रोतले सेतोखरीलाई जानकारी दियो । 

बाँके सिडियो पोखरेलाई अहिले गृहमन्त्रालयमा तानिएकोछ । सिडियो पोखरेल कसैलाई थाहा नै नदिइ सुटुक्क एक साता अघि काठमाण्डौं गएका हुन् । उनले निमित्त कार्यभार पनि कसैलाई नदिएर जिल्ला प्रशासन कार्यालय बाँके मातहतका कुनै पनि कर्मचारीलाई केही नबताई सुटुक्कै काठमाण्डौं पुगेका हुन् ।

सिडियो पोखरेललाई गृहमन्त्रालय तानेपछि गृहमन्त्रालयले निमित्त सिडियो जोरासिंह माझीलाई जिम्मेवारी दिएकोछ । बाँकेका तत्कालिन प्रहरी प्रमुख एसपी सुवास बोहोरा तस्करीमा संलग्न भएको भन्दै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले कारबाही गरि बाँकेबाट हटाएपछि बाँके सिडियोलाई पनि गृहमन्त्रालयले एसपीले तस्करी गरिरहँदा सिडियोले कसरी थाहा नपाएको भन्दै बाँके सिडियोबाट हटाउन खोजिरहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् बाँके सिडियो पोखरेलद्वारा गृह मन्त्रालयको निर्देशन उल्लङघन

‘प्रधानमन्त्री ज्यूले ठाडो निर्देशन दिनुभएकोछ । बाँके सिडियोलाई बाँकेबाट हटाउनु र गृहमन्त्रालयमै नराख्नु ।’ गृहमन्त्रालय उच्च स्रोतले सेतोखरीसँग भन्यो ‘अहिले उहाँलाई गृहमा राखिएकोछ । संघीयमा सिफारिस भइसकेको छ । २–४ दिनमा उहाँको कुन मन्त्रालय अन्र्तगत कहाँ रहने थाहा हुन्छ ।’

बाँके सिडियो पोखरेलले सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेज दुरुपयोग गर्दै आफू गृहमन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णयका साथ प्रक्रिया सुरु गरेको स्टाटस लेखेका छन् । उनी गृहमन्त्रालय तानिसक्दा पनि जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक दुरुपयोग गरि आफ्ना मनका बोह पोखे । 

उनले स्टाटसमा लेखेका छन् ‘८ महिनाको प्रवेशसंगै मै स्वइच्छिक रुपमा गृहमन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णयका साथ प्रकृया सुरु गरिसकेको छु । मन्त्रीज्यू र सचिवज्यूलाई अवगत गराइसकेको छु । ४ दिन अघिबाटै नै ।’ पोखरेलले यो स्टाटस लेखेको केही छिनमै लेखिएको पोष्ट नै डिलिट गरे ।

सिडियो पोखरेलले बाँकेमा तस्करी गर्न नसकेको सांसदहरुलाई दुव्र्यवहार गरेको, बाँकेका माओबादी नेता तथा पूर्वमन्त्री महेश्वर गहतराज अथकलाई दलाली कुरा गर्नुहुन्छ भन्दै हकारेको, माओबादी नेता नरेन्द्र न्यौपानेलाई विचौलिया भन्दै कार्यकक्षबाट बाहिर निस्कनुस् भनेको, कानून व्यवसायीलाई विचौलिया भन्दै प्रकाउ गरेको, गृहको लिखित निर्देशन पालना नगरेको, सामान्य कुराहरुमा चर्चामा आउन ठूलो जरिवाना गरि व्यवसायीहरुलाई सताउने गरेको लगायतका कुराहरु प्रधानमन्त्री प्रचण्ड कहाँ पुगेपछि उनलाई बाँके सिडियोबाट हटाइएको गृहमन्त्रालयले जनाएकोछ ।