युनियन स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल सम्पन्न


सेतोखरी सेतोखरी   शनिबार, जेठ १२, २०८१
युनियन स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटसल सम्पन्न

नेपालगन्ज १२ जेठ : नेपाल प्रेस युनियन बाँकेले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँदैछ । युनियनको ३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले शनिबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता कार्यक्रम सम्पन्न भएकोछ ।

स्थापना दिवसको अवसरमा केही रचनात्मक गतिविधि गर्ने निर्णय गरेको युनियन बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० मा रहेको बागेश्वरी फुटसल एण्ड स्पोर्टस् हबसँग प्राविधिक सहकार्यमा उक्त फुटसल प्रतियोगिता सम्पन्न गरेको हो ।

युनियन पत्रकारका दुई टोलीलले महिला उद्यमी र स्वास्थ्यकर्मीबीच प्रतिस्प्रर्धा गरेका थिए । पहिलो भएको खेलमा युनियन महिला पत्रकार र महिला उद्यमीबीच प्रतिस्प्रर्धा भएको थियो । 

युनियन महिला पत्रकार र महिला उद्यमीबीच भएको प्रतिस्प्रर्धामा दुबै समूहले एक–एक गोल गरि बराबरीमा सम्पन्न भएको थियो । भने युनियन पत्रकार पुरुष र स्वास्थ्यकर्मीबीच भएको प्रतिस्प्रर्धा निकै प्रतिस्प्रर्धात्मक भएको थियो । सो खेलमा युनियन पत्रकार पुरुषको टोलीले एकोहोरो ७ गोल खाँदै स्वास्थ्यकर्मीसँग पराजित भएको हो ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

union_footsal_npj-1716632253.jpg
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको अध्यक्षतामा भएको फुटसल प्रतियोगिता उद्घाटनमा नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेल, लुम्बिनी प्रदेश पत्रकार महासंघका उपाध्यक्ष शुक्रऋषी चौलागाई, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, निर्वतमान सचिव विजय मल्ल, युनियन बाँकेका उपाध्यक्ष निशा शाह, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो । 

युनियन बाँकेका सचिव भिष्म लोधले सञ्चालन गरेको कार्यक्रममा युनियन उपाध्यक्ष कमल केसीले स्वागत मन्तब्य राखेका थिए ।

यसैबीच, युनियन स्थापना दिवसका अवसरमा जेठ १३ गते विहान ७ बजे बाँकेका सम्पूर्ण पत्रकारहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण शिविर गरिने भएकोछ । नेपालगन्जको गणेशमान चोक स्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरसँगको सहकार्यमा स्वास्थ्य शिविर गरिन लागेको हो ।