बैजनाथमा एमाले परित्याग गर्दै काँग्रेसमा प्रवेश गर्नेको बढ्यो लहर


सेतोखरी सेतोखरी   मंगलबार, जेठ २२, २०८१
बैजनाथमा एमाले परित्याग गर्दै काँग्रेसमा प्रवेश गर्नेको बढ्यो लहर

नेपालगन्ज २२ जेठ : बाँकेको बैजनाथमा एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गर्नेहरुको संख्या बढ्दै गएकोछ । बैजनाथ गाउँपालिका वडा नम्बर– ४ मा ठूलो संख्यामा एमाले परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेका हुन् । 

गतसाता नेकपा एमालेका स्थानीय युवा नेता दलबहादुर बुढा, हस्त थापा र तुले बुढा सहित ४१ जनाले शहकारी ठगी आरोपी गृहमन्त्री रबि लामिछानेलाई जोगाउन नेकपा एमाले अध्यक्ष केपी ओलीसहित सिङ्गो पार्टी जोडबलका साथ लागेको तथा जनता र देशभन्दा पनि भ्रष्टहरुलाई जोगाउन एमाले लागेको आरोप लगाउँदै उनीहरुले पार्टी छोडेका थिए ।

यो पनि पढ्नुहोस् बैजनाथमा ४ दर्जन नेता तथा कार्यकताले एकैपटक एमाले छाडेर काँग्रेसमा प्रवेश गरे

एमालेका स्थानीय युवा नेतासहित काँग्रेसमा प्रवेश गरेको हप्ता दिन नपुग्दै फेरि ३१ जनाले एमाले त्यागेर काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेसका स्थानीय युवा नेता कर्णबहादुर कठायतले जानकारी दिए । नेपाली काँग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर–४ को आयोजनामा एमाले त्यागेर आएकालाई काँग्रेस पार्टीमा प्रवेश गराइएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

पार्टी प्रवेश गराउन अगुवाइ गरेका नेपाली काँग्रेसका वडा कोषाध्यक्ष अमर बिसिका अनुसार एमालेका देबिसरा सुवेदी, वीर बहादुर बुढा, रत्न बहादुर बरैमगर, प्रेमबहादुर सिजाली मगर, खडक बहदुर बुढा, निर्मल कठायत, भिमबहादुर कठायत, सुभद्रादेबि कठायत, प्रतिमा खड्का, केवली थारु, कविता बोगटि, कल्पना परियार, नवीन कुमार शाही,  डम्बर बहादुर शाही, रबिना शाही, चन्द्रकला बुढा, दीपक बुढा लगायत ३१ जनाले एमाले त्यागेर काँग्रेस प्रवेश गरेका हुन् । 

सो पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य मेघराज ओलीले नव प्रबेशीहरुलाई पार्टीमा स्वागत गर्दै काँग्रेसमा भखरै जोडिए पनि अवसरका सन्दर्भमा उपयुक्त ब्यक्तिले उपयुक्त स्थान पाउन नयाँ पुरानोका बिचमा कुनै किसमको विभेद नगरिने बताए । महासमिति सदस्य ओलीले नेपाली काँग्रेसको आन्तरिक जिवनमा जे जस्ता झमेला भएता पनि लोकतन्त्रको मुलभुत मान्यता, नेपाली जन्ता र नेपाल देशका बिरुद्ध कुनै पनि शक्तिसँग सम्झौता नगरेको गौरबमय सुनौलो इतिहास रहेको दाबी गरे ।

राज्य शक्तिमा जान अवसर नपाएर टुटफुट हुने कम्युनिस्ट दलहरू र अरुलाई गाली गलोज गर्दै जनतामाझ भ्रमको खेती गरेर जनतालाई लुटन उद्त हुने नयाँ नामक दलहरु जस्तो गैरजिम्मेवार चरित्र काँग्रेसको नभए उल्लेख गर्दै युवा नेता ओलीले भने –‘सत्य बोल्ने, जे भन्यो त्यो गर्ने, झुठको फेहरिस्त होइन यथार्थताको धरातलमा चट्टान झैँ अडिग रहने ब्यक्ति, बिधिलाइ सर्बोपरी ठान्ने नीतिकै कारण सत्ता भन्दा बाहिर रहेको बेलामा समेत निस्वार्थ जनता काँग्रेसमा प्रबेश गर्दछन् ।’ 

उक्त पार्टी प्रबेश कार्यक्रममा महाधिवेशन प्रतिनिधि देवबहादुर खत्रीले काँग्रेसको नीति र बिचार संसारको सबैभन्दा लोकप्रिय बिचार रहेको बताउँदै काँग्रेस जस्तो इतिहास बोकेको पार्टीमा जोडिएकोमा नब प्रबेशीहरुलाई स्वागत गर्दै बधाई दिए । वडा सभापति चन्दको अध्यक्षतामा भएको सो कार्यक्रममा नव प्रबेशिका तर्फबाट बोल्दै देवबहादुर बुढाले लामो समय एमालेमा आबद्ध रहँदा झुठको खेती बाहेक अरु केही पाउन नसकेको भनाइ राखे ।

उक्त कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य टंक काफ्ले बाँके क्षेत्र नम्बर–३  प्रदेश ‘क’ सभापति केशव शाह, क्षेत्र नम्बर–३ का सचिव ज्ञानबहादुर ओली, पालिका सभापति देवबहादुर केसी, बैजनाथ गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा सदस्य कर्ण कठायत, काँग्रेस बैजनाथ–४ का कोषाध्यक्ष अमर बिसि, सहसचिव श्याम बुढा लगायतले आआफनो भनाइ राखेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथी ओली लगायतका अतिथिहरुले नब प्रबेशिहरुलाई खादा र अबिर लगाएर काँग्रेसमा प्रवेश गराउँदै पार्टीको  सदस्यता दिएका थिए ।