नेपालगन्ज २६ जेठ : सद्भाव ग्रुप प्रालि नेपालगन्जबाट सञ्चालित सेतोखरी डटकमका सहसम्पादक विजय मल्ल सम्मानित भएकाछन् । नेपाल पत्रकार महासंघ बाँकेको १४ औं साधारण सभा एवम जिल्ला अधिवेशनबाट मल्ल क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहेका मल्ललाई नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा स्थापना गरिएको क्रियाशिल पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत गरिएको हो ।
उनलाई महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, साधरण सभाका प्रमुख अतिथि समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रसान्त विष्ट तथा महासंघ बाँकेका पूर्वअध्यक्षद्वय निरज गौतम र ठाकुर सिंह थारुले संयुक्तरुपमा पाँच हजार नगदसहित पुरस्कार वितरण गरेका हुन् ।
मल्ल करिब दुई दशकदेखि बाँकेमा रहेर क्रियाशिल पत्रकारिता गरिरहेकाछन् । विशेषगरि खोजमुलक तथा अनुसन्धनात्मक समाचारमा दख्खल राख्ने मल्ल सद्भाव ग्रुप प्रालि नेपालगन्जबाट प्रकाशित हुने सद्भाव राष्ट्रिय दैनिकका सहसम्पादक समेत हुन् ।
नेपाल प्रेस युनियन बाँकेका निर्वतमना सचिव समेत रहेका मल्ल ठकुरी पत्रकार समाज नेपालका केन्द्रिय महासचिव हुन् । मल्ल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्षदसंगै नेपाल प्रेस युनियन लुम्बिी प्रदेशका प्रदेश परिषद् सदस्य समेत हुन् ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्